back
CTIZAN AD

गजल

वि.सं.२०७५ चैत २ शनिवार

888 

shares

तिम्रै कारणले बिरानो सहरमा गुलामी भएँ
बेचिदियौ मूल्यहीन बजारमा म दामी भएँ

सपना त देखें कति कति साकार हुँदैभएन
आफ्नै मृत सपनाहरूको आफै मलामी भएँ

कलिलो यौवनसँग खेलेर अस्मिता लुटेपछि
मेटायौ तिमीले यौनतिर्खा अनि लिलामी भए

जीवनको अन्तिम घडी तिमी साथ नभएपछि
म घाटको लासहरूमा तिम्रै कारण नामी भएँ

एक थुंगा फूल लिएर आउन भुल्यौ त के भो
अर्थहीन आफ्नो लासमाथि आफै सलामी भएँ

वि.सं.२०७५ चैत २ शनिवार १०:५० मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...