back
CTIZAN AD

समृद्ध नेपालको मार्गचित्र- क्षेत्र नक्साङ्कन

वि.सं.२०७५ चैत ७ बिहीवार

1K 

shares

हरेक ठाउँको भौगोलिक विशेषता, बनावट तथा संरचना फरक फरक हुन्छन् । जुन प्रकृतिको संरचना छ सोहीअनुसार रुपान्तरण र समृद्धिको खाका तयार गरेर काम गर्नुपर्ने हुन्छ । जहिले पनि केन्द्रीय सरकारको बाटो हेरेर बस्यौँ भने हाम्रो गाउँ तथा नगर अनि देशको रुपान्तरण सम्भव हुन सक्दैन, आजसम्म भइरहेको त्यहि हो । हरेक स्थानीय तहले आफ्नो–आफ्नो गाउँ तथा नगरको आफैँले रुपान्तरण गर्न सफल भयौँ भने समग्र देशकै रुपान्तरण द्रुत गतिमा हासिल गर्न सम्भव हुन्छ । जसरी एउटा इन्जिनियरले कुनै पनि संरचना निर्माण गर्नुभन्दा पहिला वस्तुचित्र कोर्छ अथवा आर्किटेक्चर नक्साङ्कन गर्छ त्यसैगरी आफ्नो गाउँ अथवा नगरभित्र कुनै पनि ठाउँ, वस्तु तथा स्रोत विशेषसँग सम्बन्धित सामाजिक, आर्थिक, भौगोलिक तथा प्रकृतिप्रदत्त विशेषताहरूको पहिचान गरेर चित्र अथवा नक्सामा उतार्नु पर्दछ । हामीसँग जस्तो प्रकारको स्थानीय स्रोत र क्षमता उपलब्ध हुन्छ । त्यहि अनुसार रुपान्तरणको लागि क्षेत्र पहिचान तथा स्थानीय विशेषताहरूको नक्साङ्कन गर्नु समृद्धि अभियानको अर्को महत्वपूर्ण काम होस् किनकी चित्र अथवा नक्शा आफैँ बोल्छ । स्थानीय तहसँग भएको क्षमता र विशेषतालाई नक्साङ्कन गरेपछि के–के कुरामा कसरी साधन तथा सोतलाई परिचालन गर्दा छिटो रुपान्तरण गर्न सम्भव हुन्छ भन्ने कुरा नक्साङ्कनले धेरै सहज बनाउँछ । के–के कुराको नक्साङ्कन गर्दा छिट्टो नतिजा आउँछ भन्ने कुरा तलका बुँदाहरूबाट प्रष्ट हुन सकिन्छ ।

१. गाउँ र नगरपालिकाको क्षेत्र नक्साङ्कन : हामीले रुपान्तरण गर्न खोजेको स्थानीय ईलाका विशेष गरी गाउँ र नगरपालिका, जिल्ला, प्रदेशको नाम पहिचानसँगै के कति, कस्ता बस्ति, टोल, वडा अथवा के कस्ता क्षेत्र छन्, सो पत्ता लगाएर नक्साङ्कन गर्नुपर्दछ । विद्यमान अवस्थामा के कस्ता बस्ति र संरचनाहरू छन् अथवा स्थानीय अवस्थितिको पहिचान गरेर नक्साङ्कन गर्नुपर्दछ ।

२. भौगोलिक विशेषताको नक्साङ्कन : भू–बनोट, भौगर्भिक अवस्थिति, नदी, पहाड, उपत्यका, डाँडा, भीरपाखा, समथर, जस्ता प्राकृतिक विशेषताहरू के कस्ता अनि कति छन्, राम्रोसँग पहिचान गर्नुपर्दछ । यसरी आफ्नो गाउँ र नगर ईलाका भित्र रहेका हरेक भौगोलिक विशेषताहरूको प्रष्टसँग नक्साङ्कन गर्नुपर्दछ ।

३. जलवायु नक्साङ्कन : आफ्नो गाउँ÷नगर क्षेत्रमा बर्षभरी के कस्तो हावापानी र मौसम रहन सक्छ त्यो पहिचान गर्नुपर्दछ । त्यस्तै ऋतु परिवर्तनसँगै के कस्ता परिवर्तन आउन सक्छन् त्यसको प्रभाव सहितको नक्सा कोर्नु पर्दछ । हिउँ पर्ने ठाउँ छ कि अथवा बाढी पहिरोले सताउन सक्ने ठाउँ हो एकीन गर्नुपर्दछ । डुवान हुन सक्ने ठाउँ पो छ कि चित्रमा बोलीनु पर्दछ । त्यस्तै हरेक आर्थिक सामाजिक क्रियाकलापमैत्री छ या छैन, ठण्डा, गर्मी तथा हावापानी विशेषताहरूलाई चित्रमा उतार्नु पर्दछ ।

४. भू उपयोगिता नक्साङ्कन : विद्यमान अवस्थामा हाम्रो गाउँ/नगर क्षेत्रभित्रको भूमिलाई कसरी उपयोग गरिरहेका छौँ, त्यस बारेको जानकारी आवश्यक छ । विद्यमान जमिनलाई उपयोगिताको आधारमा (आवासीय, कृषि, प्रशासनिक, औद्योगिक, व्यवसायिक, व्यापारिक, सार्वजनिक (नदी नाला, पशु, चरन, उद्यान, पार्क, बगैचा, ट्रयाक, खेल मैदान, सार्वजनिक प्रयोगसमेत) वन र आरक्षित जग्गामा कसरी वर्गिकरण गरी उपयोग गरिरहेका छौँ, सो तथ्यलाई पनि नक्साङ्कन गर्नुपर्दछ । नेपाल सरकारको राष्ट्रिय भू–उपयोगिता नीति बमोजिम वर्गिकरण गर्दा अझ राम्रो र नियमसँगत हुन्छ ।

५. प्राकृतिक साधन तथा स्रोतको नक्साङ्कन : आफ्नो गाउँ/नगर क्षेत्र भित्र के कस्ता प्राकृतिक तथा खनिज साधन तथा स्रोतहरू छन्, अहिलेसम्म के कसरी उपयोग भइरहेका छन् सो को पहिचान गर्नुपर्दछ । आफ्नो गाउँ र नगर भित्र उपलब्ध जुनसुकै खनिज एवम् प्राकृतिक स्रोतको उपलब्धता छ भने सो को समेत नक्साङ्कन गर्नुपर्दछ ।

६. उत्पादन क्षेत्र नक्साङ्कन : अहिले सम्म के कस्ता स्थानीय उद्यम तथा व्यवसायहरू छन् सो नक्साङ्कन गर्नुपर्दछ । यसैगरी आफ्नो स्थानीय विशेष मौलिक रैथाने उत्पादनहरू के कति र कस्तो अवस्थामा छन् । कुनै बिशेष र निश्चित उत्पादन क्षेत्र  (Pocket Area) समेत छन् भने सो को समेत प्रष्ट नक्साङ्कन गर्नुपर्दछ ।

७. यातायात सम्बन्ध नक्साङ्कन : आफ्नो गाउँ र नगरपालिकाको क्षेत्र र अन्य गाउँ र नगरपालिका, जिल्ला सदरमुकाम, प्रदेश सदरमुकाम एवम् राजधानीसँग यातायात सम्बन्ध के कस्तो छ अथवा अहिलेको अवस्थामा यातायात उपलब्धता र पहुँच/निकास (Transportation Accessibility/Connectivity) छ, छैन या कस्तो छ ? सो तथ्यको पनि नक्साङ्कन गर्नुपर्दछ ।

८. मौलिकताको नक्साङ्कन : आफ्नो गाउँ र नगर क्षेत्रभित्रको जे जति पृथक साँस्कृतिक, सामाजिक, धार्मिक, परम्परागत अथवा स्थानीय विशेष मौलिक विशेषताहरू छन् तिनीहरूको पनि पहिचान गरेर नक्साङ्कन गर्नुपर्दछ ।

९. सामरिक एवम् विशेष महत्व नक्साङ्कन : कुनै विशिष्ट प्रकृतिको सामरिक र राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वको कुनै चिज/विशेषता भए सोको समेत नक्साङ्कन हुनुपर्दछ ।

१०. भावी योजनाको नक्शाङ्कन : जब हामीसँग हाम्रो गाउँ र नगरपालिकामा विद्यमान वस्तुगत अवस्थाहरूको नक्साङ्कन गरिसक्छौँ, त्यसपछि आगामी दिनमा गर्नुपर्ने भावी योजनाहरूको नक्साङ्कन गर्नुपर्दछ । नम्बर १ देखि ९ सम्मका नक्सालाई र अरु थप रुपान्तरण गरिने क्षेत्रहरू पहिचान गरेर निश्चित अवधि : १ बर्ष, ५ बर्ष, १० बर्ष अनि २० वर्ष भित्र हासिल गर्नुपर्ने लक्ष्यहरूको नक्साङ्कन गर्नुपर्दछ । हरेक वर्षको प्रगति विवरण अनुरुप नक्शाहरू परिवर्तन हुन्छन् । शुरुको लक्षित नक्सा र परिवर्तित नक्साले के, कति र कसरी सकारात्मक अथवा नकरात्मक विचलन (Deviation) आयो सो पत्ता लगाएर लक्षित उद्देश्य हासिल गर्न सफल हुनुपर्दछ ।

झट्ट हेर्दा सामान्य जस्तो लाग्ने नक्साङ्कन पद्धति जब हामी प्रयोग गरेर हेर्छौँ तब अत्यन्तै ठूलो महत्व पाउछौँ । रुपान्तरणको अथवा समृद्ध नेपाल निर्माणको सन्दर्भमा नक्साङ्कन पद्धति दीर्घकालमा ज्यादै महत्वपूर्ण हुन्छ । आफ्नो मेहनतले आफ्नै घरमा समृद्धी ल्याउन नसक्नेले आफ्नो गाउँ समाजमा समृद्धी ल्याउन सक्दैन । आफ्नै गाउँ समाजमा समृद्धि ल्याउन नसक्नेले देशमा समृद्धि ल्याउन कदापि सक्दैन । त्यसैले परिवर्तनको शुरुवात आफ्नै घर परिवार अनि गाउँ समाजबाट थाल्नु पर्दछ ।

क्रमशः

https://sansarnews.com/archives/133597

वि.सं.२०७५ चैत ७ बिहीवार ०८:२९ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...