back
CTIZAN AD

‘चीनको आर्थिक “उपनिवेश”छैन – प्रधानमन्त्री हुन सेन

वि.सं.२०७५ चैत ८ शुक्रवार

621 

shares

८ चैत, नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गर्नुभएको छ । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए ।

आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ ।

चिनियाँ बेल्ट एन्ड रोड परियोजनाकै एक अंशका रुपमा रहेको यो राजमार्ग चिनियाँ एक कम्पनीले निर्माण गर्दैछ । राजमार्ग शिलान्यासका अवसरमा बोल्दै प्रधानमन्त्री हुन सेनले भने, “आजको परिवर्तित विश्वमा कुनै पनि मुलुक उपनिवेश हुने सम्भावना छैन, र कम्बोडिया पनि चीनको उपनिवेश होला भन्ने कल्पना पनि गर्न सकिन्न ।”

कार्यक्रममा सहभागी चीनका उप विदेश मन्त्री कोङ छुवानयूले पनि कम्बोडियामाथि चीनको प्रभूत्व रहेको कुरा अस्वीकार गरे । “केही कुत्सित विचारका समूहले सेतोलाई कालो बनाउन चाहेका छन्, र चीनको लगानीलाई पासोका रुपमा व्याख्या गर्ने प्रयत्न मात्र गरिरहेका छन् ।”
उनले भने, “यथार्थमा चिनिया लगानी कुनै गलपासो होइन, यो कुनै खतरा पनि होइन, बरु कम्बोडियाको विकासका लागि एउटा सानो सहयोग हो ।”
बेइजिङ सरकारले कम्बोडिया सरकारलाई अनुदान र ऋण प्रदान गरिरहेको छ । प्रधानमन्त्री हुन सेनले चीनबाट प्राप्त सर्तरहीत आर्थिक अनुदान तथा ऋणलाई खुलेआम प्रशंसा गरेका छन् । उनले अमेरिकी र युरोपेली युनियनबाट प्राप्त हुने सहयोगमा अनेक सर्तहरु हुने भन्दै आलोचना समेत गरेका थिए ।

कम्बोडियाको सबैभन्दा ठूलो लगानीकर्ता चीनले अर्बौं युआन लगानी गरेको छ । प्रधानमन्त्री हुन सेनले कम्बोडियामा एउटा नौसैनिक अखडा बनाउन लागेको हल्ला सत्य नभएको पनि बताए । विवादित दक्षिण चीन सागरसम्म युद्धपोतहरु परिचालन गर्न कम्बोडियाको मार्ग सहज हुने बताइन्छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १६:५६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...