back
CTIZAN AD

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, दोस्रो चरणको वार्ता वासिङटनमा हुने

वि.सं.२०७५ चैत १५ शुक्रवार

807 

shares

१५ चैत, बेइजिङ ।  संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् ।

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूतरुपमा अगाडि बढेको छ ।

अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ वार्तामा सहभागी भएका थिए । चीनका तर्फबाट उपप्रधानमन्त्री एवं वरिष्ट आर्थिक अधिकारी लिऊ हेले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । चीनको जनकङ्ग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता भएको हो ।

अमेरिकी अर्थमन्त्री मन्चिनले ट्वीट गर्दै बेइजिङ वार्ता निकै रचनात्मक रहेको बताएका छन् । उनले े वार्तामा भएको प्रगतिका बारेमा विस्तृत विवरण दिन अस्वीकार गरेका छन् । “म चिनियाँ उपप्रधानमन्त्रीलाई अर्को साता वासिङ्टनमा भेट्न चाहन्छौं, र वार्तालाई निरन्तरता दिन चाहन्छौं ।”

वार्तामा चीनको केन्द्रीय बैंकका गभर्नर पनि सहभागी थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुङ्गिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताएका छन् । तर वार्तामा केही मुलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुबै देशका प्रतिनिधिहरुले बताए पनि विस्तृत विवरण दिइएको छैन ।

अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले वासिङ्टनमा बोल्दै व्यापार वार्ता निकै जटिल प्रक्रिया रहेकाले सहमतिका लागि आवश्यकता अनुसार हप्तौं वा महिना दिनपनि लाग्नसक्ने बताउनुभयो । दुबै देशबीचको वार्ता नीति र कार्यान्वयनमा निर्भर रहने कुड्लोले स्पष्ट गरे ।

चिनियाँ वाणिज्य मन्त्रालयले अझै पनि धेरै विषयमा सहमति खोज्न बाँकी रहेको बताउँदै अर्को प्रत्यक्ष वार्ता वासिङ्टन डिसीमा चाँडै हुने जनाएको छ ।

अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् ।

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।

चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।

चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १७:५९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...