back
CTIZAN AD

प्रधानमन्त्री थेरेसा मेको प्रस्ताव तेस्रो पटक पनि अस्वीकृत

वि.सं.२०७५ चैत १६ शनिवार

636 

shares

१६ चैत, लन्डन ।  बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले युरोपेली यूनियन (इयू)बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रधानमन्त्रीको उक्त प्रस्तावमा मतदान हुँदा बिना सम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ मतले पराजित भएको थियो । प्रधानमन्त्रीको पक्षमा २८६ मत मात्र प्राप्त भएको थियो ।

प्रधानमन्त्रीको प्रस्ताव विफल भएसँगै इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)मा थप ढिलाई हुने सम्भावना बढेको छ । सहमति बमोजिम इयूबाट बेलायत आगामी शुक्रबार अर्थात् मार्च २९ तारिखमा बाहिरिनुपर्ने थियो तर प्रधानमन्त्री मेले गत साता युरोपेली नेता समक्ष केही समय दिन आग्रह गरेकी थिइन् ।

बेलायती संसदको उक्त कदमलगत्तै युरोपेली यूनियनका परिषद अध्यक्ष डोनाल्ड टस्कले अप्रिल १० मा ब्रसेल्समा आपतकालीन बैठक डाकेका छन् । इयूले बेलायतको निर्णयका लागि अप्रिल १२ को नयाँ मिति तोकेको छ । उक्त मितिमा दुई वटा विकल्प रहने छन्ः बिना सम्झौता बेलायत इयूबाट बाहिरिने छ वा नयाँ विधिका साथ लामो समयावधि बेलायत समक्ष उपलब्ध हुनेछ ।

यसैबीच, युरोपेली संसदको निर्वाचन आगामी मे महिनामा हुँदैछ । प्रधानमन्त्री मेले उक्त चुनावमा बेलायती जनतालाई मतदान गराउने कुरा “अस्वीकार्य” हुने स्पष्ट गरेकी छन् । इयूबाट बाहिरिने विषयमा सन् २०१६ मा आयोजित जनमतसङ्ग्रहमा भाग लिइसकेका जनतालाई पुनः युरोपेली संसदको निर्वाचनमा सहभागी गराउनु ठीक होइन, प्रधानमन्त्री मेले भनिन् ।

बेलायती सांसदहरुले प्रधानमन्त्री मेले इयूसँग गरेको सम्झौतालाई अस्वीकृत गरिसकेका छन् । फ्रान्स र जर्मनीले बेलायतले आफ्नो धारणा सुस्पष्ट रुपमा अगाडि ल्याउनुपर्ने बताएका छन् ।

वि.सं.२०७५ चैत १६ शनिवार १७:१६ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...