back
CTIZAN AD

गर्भपतन गराउने कानुन सम्बन्धी हलिउड कलाकारको विरोध

वि.सं.२०७५ चैत १६ शनिवार

765 

shares

१६ चैत, मियामी। अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद् तल्लो सदनमा भएको मतदानमा सांसदले नयाँ कानुन पारित गरेका थिए ।

अमेरिकी हलिउडका कलाकारले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ ।

जर्जियाको तल्लो संसद्ले “मुटुको चालसम्बन्धी विधेयक” पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल छ हप्तामा थाहा हुन्छ । कतिपय गर्भवती आमालाई छ हप्तासम्ममा आफ्नो पेटमा बच्चा छ भन्ने समेत थाहा हुँदैन ।

“जर्जियाले प्राण वा जीवनलाई महत्व दिन्छ । हामी निर्दोष र आवाजविहीनको पक्षमा छौं,” गभर्नर ब्रायन केम्पले बताए । रिपब्लीकन पार्टीका गभर्नर केम्पले सांसदलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा उक्त कुरा उल्लेख छ ।

अमेरिकाको ठूलो मानवअधिकार समूह अमेरिकी नागरिक स्वतन्त्रता यूनियन (एसीएलयू)ले जर्जिया राज्यको उक्त कदम विरुद्ध अदालतमा चुनौती दिने जनाएको छ ।

“गभर्नर केम्पले उक्त विधेयकमा लालमोहर लगाए हामीसँग एउटा मात्र विकल्प छः अदालतको ढोका घच्घच्याउने,” एसीएलयूका कार्यकारी निर्देशक आन्द्रे योङले बताए ।

अमेरिकी सर्वोच्च अदालतले सन् १९७३ मा एक आदेशमार्फत देशब्यापीरुपमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।

सन् २०१७ मा राष्ट्रपतिको कार्यभार सम्हालेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा दुई जना दक्षिणपन्थी विचारधारा राख्ने न्यायाधीश नियुक्त गरिसकेका छन् । अधिकारकर्मी विगतको त्यस अधिकारलाई सर्वोच्च अदालतले उल्ट्याउने सम्भावना रहेको भन्दै चिन्तित भएका छन् ।

रिपब्लीकन पार्टी र राष्ट्रपति ट्रम्प गर्भपतनको विपक्षमा छन् । रिपब्लीकन पार्टी र यसका समर्थकहरु “जीवनको अधिकार”को पक्षमा उभिएका छन् भने डेमोक्र्याटिक पार्टी “छनौटको अधिकार”को पक्षमा छन् ।

अमेरिकाको जर्जिया राज्य फिल्म र टेलिभिजन उत्पादनका लागि प्रमुख गन्तव्य हो । दर्जनौं हलिउड कलाकारले महिला विरुद्धको यस कानुनका कारण आफ्नो व्यवसाय अन्यत्र राज्यमा लैजाने भन्दै चेतावनीसमेत दिएका छन् ।

कलाकार अलिसा मिलानो, अलेक बाल्डवीन, आमी शुमर, बेन स्टिलर, सराह सिल्भरम्यान, मिया फारो समेतले सांसदलाई पत्र लेखी महिलाका लागि सुरक्षित राज्यमा आफ्ना उद्योग व्यवसाय स्थानान्तरण गर्न बाध्य हुने बताएका छन् ।

वि.सं.२०७५ चैत १६ शनिवार १७:२६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...