back
CTIZAN AD

युक्रेनमा राष्ट्रपतिको निर्वाचन, पूर्वप्रधानमन्त्रीद्धारा कडा चुनौती

वि.सं.२०७५ चैत १७ आइतवार

729 

shares

१७ चैत, किभ, युक्रेन । युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्वप्रधानमन्त्रीले कडा चुनौती दिएका छन् ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।

मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाइएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को रहनुभएको छ ।

युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्णबहुमत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।

वि.सं.२०७५ चैत १७ आइतवार १७:४० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...