२२ चैत, काठमाडौँ । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेका भिक्षु तपस्सीधम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत हुन् ।
भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ । महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ ।
वि.सं.२०७५ चैत २२ शुक्रवार १६:०३ मा प्रकाशित