back
CTIZAN AD

गजल

वि.सं.२०७५ चैत २३ शनिवार

1.2K 

shares

(१)

क्षितिज पारीको त्यो बस्तीमा जून पठाउनु छ ।
सम्झनामा असिम प्यारको, सगुन पठाउनु छ ।

भक्कानिदै रुन्छन अरे मन अमिलो पार्छन अरे
झर्दा आँशु पुस्ने रूमाल अनि नून पठाउनु छ ।

आधी हुरी चलिरन्छ मनमै खडेरी लाग्यो भन्छन
फेरि अब मरुभूमि बाटै मनसुन पठाउनु छ ।

पलायन भए मालीहरु सुनसान छन बगैचा पनि
फूलको डाली सँगै भमराको भुनभुन पठाउनु छ ।

कसले बुज्छ दुःख पीडा पसिनाको मूल्य छैन
भाइलाई आईफोन श्रीमतीलाई सुन पठाउनु छ ।

(२)

एउटै थियो मुटु मेरो दुई तिर फटाउन सकिन ।
तिमी बाहेक यो दिलमा अरु अटाउन सकिन ।

कसैलाई माया गर्दा सारा संसार जल्यो हजुर
दुश्मन भए सबै मेरो तर माया हटाउन सकिन ।

सुन्दर भन्छन यो दुनिया मलाई फिक्का लाग्छ
तिमीलाई भुलेर एकपल पनि कटाउन सकिन ।

कसले रोक्ने कसले छेक्ने वचनका तीरहरुलाई
झर्यो आँसु रोक्न सक्ने पहरे दार खटाउन सकिन ।

जोड्दै थिए खुशीहरु कुन बैरीको आँखा लाग्यो
बल्झि रहयो तिम्रो यादहरु मैले घटाउन सकिन ।

पांचखपन नगरपालिका– ४ संखुवासभा

वि.सं.२०७५ चैत २३ शनिवार १०:३० मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...