back
CTIZAN AD

आहा ! सिसाको घर

वि.सं.२०७५ चैत २३ शनिवार

795 

shares

देख्दा क्या छ चिटिक्क सुन्दर धराजस्तै छ बाटो घर
खुल्ला फाँट ठूला–ठूला महल छन् त्यो स्वर्गझैं झल्मल्ल
उड्छन मानिस वायुयानहरुमा गुड्छन् पजेरो तर
को बुझ्ने छ रहस्य के छ यसको आहा ! सिसाको घर ।।१

हेर्दा चट्ट छ सूट–बूट सँगमा विद्धान ज्ञानी नर
बोली बात कडा छ छैन मधुरो कोक्याउँने कर्कर
लाटो शान्त स्वभावको छ मनको ज्ञानी महात्मा तर
बाठो फस्न गयो फस्यो शहरमा आहा ! सिसाको घर ।।२

बिस्र्यो मानवता र धर्म पथको बाटो नयाँ फेरियो
नौले देश नयाँ छ पद्धति यता भाषा नयाँ फेरियो
बदल्यो जीवन गाँस बास सबको मख्खै छ मान्छे तर
बिर्सी त्यो झुपडी प्रफुल्ल छ यता आहा ! सिसाको घर ।।३

दोभासे अब चाहियो घर–घरै आमा र छोरा बीच
बुझ्दैनन् हजुरी छ खिन्न मन त्यो नाती–पनाती सित
के बोल्यो सुतले बुबा पनि कठै ! दिक्दार मानी पर
मात्रै अल्प बुझ्यो अभिन्न सपना आहा ! सिसाको घर ।।४

मेरो त्यो सपना कता उडि गयो दुर्भाग्य हो के भनौं
उल्टो भने सब सम्झिएँ जति कुरा मिथ्या कसोरी भनौं
सोचेको किन पुग्दथ्यो मनुजले पुग्दैन त्यो आखिर
लाखौ. चोट छ भित्र भन्यो आहा ! सिसाको घर ।।५

छन्द : शार्दुलविक्रिडित

वि.सं.२०७५ चैत २३ शनिवार १०:४९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...