back
CTIZAN AD

फ्रान्सबाट अनुराधाको प्रश्न–’एनआरएनए भवन कसको हजुर ?’

वि.सं.२०७५ चैत २८ बिहीवार

675 

shares

फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलले हालै विवादमा आएको एनआरएनएको भवन कस्को हो भनेर प्रश्न गरेकी छन् ।

थोपा–थोपा संकलन गरेर बनाएको एनआरएनएको भवन अहिले सरकारी जग्गामा बनेको भनेर विवादमा आएको खबरले विदेशमा बस्ने एनआरएनएका शुभचिन्तकहरु पीडामा परेको भन्दै फ्रान्समा रहेकी पौडेलले चिन्ता गर्दै प्रश्न गरेकी छन्–‘एनआरएनए भवन कस्को हजुर ?

सामाजिक संजालमा रहेको उनको भनाई जस्ताको तस्तै

तस्विरमा देखिएको यो भवन हामी बिदेशमा बस्ने नेपालीको चन्दा र दानबाट २५ करोडको लागतमा तयार भएको हो । यसको नाम एनआरएन भवन हो ।

यो भवन काठमान्डुमा बालुवाटारस्थित प्रधानमन्त्री निवासको दैलो अगाडी छ ।

यो भवन बनाउँदा काठमान्डु नगरपालिकाले मापदण्ड पुगेन भत्काउ भनेर दिउसो दिउसो मान्छे पठाएर काम रोक्न लगायो तर एनआरएनले मापदण्ड अनुसारकै भएको दाबी गर्दै राती राती दुईगुना चौगुना गर्दै काम सकायो । भवन ठडाएरै छाड्यो ।

यो भवन बनाउने बेला केहि शिर्ष नेताहरुले बिबादित जमिनमा भवन नबनाउँ । यति पैसाले अलि बाहिर किनौ, फराकिलो बाटो र धेरै जग्गा आउँछ भन्नुभएकै हो तर होईन प्रधानमन्त्री कृष्णप्रसादका पालामा फिर्ता आएको जग्गा हो यो कुनै बिबाद छैन भनेर कुरा ल्याईयो । सँभवत मिलाईयो ।

शिर्ष नेताहरु चुप हुनुभो । हामी साधारण सदस्यले पनि पत्यायौँ । नपत्याउने कुरै थिएन । फेरी हामी दुई चार रुप्पे कमाउनेले बोलेर पनि त भएन । प्रोजेक्टलाई साथ दिने शिर्ष नेता नै त हो ।
हामीले काठमाण्डौं नगरपालिकाले दुःख दिएकोमा मन दुखायौँ र हामीलाई काठमाण्डु महानगरपालिकाले बिभेद गरेको भन्ने ठान्यौँ । घुस नपाएर दुःख दिएको र हाम्रो डाह गरेको भन्ने ठानेम् ।

एनआरएनको उन्नती प्रगति बिबरणको कुरा गर्दा यो सुन्दर भवनको कुरा जहा जहाँ सुन्यौँ त्यहाँ त्यहाँ हामीले खुसीले गदगद भएर बेस्सरी ताली ठोक्यौँ ।

लाग्यो यो हाम्रो पहिचान हो ।

लाग्यो बिदेशी भूमीका नेपालीको प्रत्येक आवेग र संवेगहरु यसले बोकेको छ । लाग्यो यो हाम्रो कार्यालय हो । लाग्यो तिर्थस्थल हो अनि यो भवनले हाम्रो ईच्छा, आकांक्षा र महत्वको उजागर गर्छ । मातृभूमी प्रति लगाव छ र ठान्यौँ यो भवन रहुन्जेल हामीलाई कसैले नेपाली होईन भन्ने छैन र हाम्रा छोरछोरीहरुको नेपाली पहिचान खोस्ने सामथ्र्य कसैको हुनेछैन ।

तर हिजो सरकारी छानविनमा थाह भयो, यो भवन एनआरएनको जमीनमा होईन तीन रोपनी एक आना सरकारी जमीनमा ठडिएको छ ।

ईतिहास हेर्दा यो जग्गाका धनी श्री ३ भीमशमसेरका काँग्रेसी नाति सुवर्णशमसेर राणा रहेछन् । २०२१ मंसिर १५ गते उचित मुआब्जा दिएर नेपाल सरकारले उनको केहि जग्गा (अर्थात https://ne.m.wikipedia.org/wiki/ललिता_निवास) ललिता निवास) अधिग्रहण गरेको रहेछ भने केहि जग्गा तत्कालिन राजा महेन्द्र सरकारले हडपिसेको रहेछ किनभने उहाँले सुवर्ण काँग्रेस भएको रुचाईसेको रहेनछ ।

त्यहि हडपेको जग्गा कृष्णप्रसाद भट्राईले प्रधानमन्त्री हुदा फिर्ता दिनुभएको रहेछ । (त्यसो त मलाई राम्रो सँझना छ उति बेला भट्टराईले गलत निर्णय गर्नुभयो भावनामा बग्नु भयो बिबाद आउँछ भनिएको थियो) ललिता निवासको फिर्ता मिलेको जमीनमा होईन रहेछ एनआरएन भवन बनेको । यो त सरकारले २०२१ सालमा अधिकरण गरेको जमीनमा बनेको रहेछ ।
एनआरएनलाई अधिकरणमा परेको यो सरकारी जग्गा कृष्णप्रसादले फिर्ता दे को भन्दै भू माफियाहरु रामकुमार सुवेदी र शोभाकान्त ढकाल तथा उनका आफन्तले बेचेका रहेछन् ।
अब दुई प्रश्न छन् ?

एनआरएनको तर्फबाट यो जग्गा कसले किन्नुभएको हो ? उहाहरु माथि छानबिन हुन पर्छ पर्दैन ? पर्छ भने कल्ले गर्छ ?

यो भवन अब कसको हुन्छ ? थोपा थोपा गरेर पैसा जुटाएका म जस्तै बिदेशिएका नेपालीको भावना प्रतिनिधित्व गर्ने एनआरएन को कि बालुवाटारका प्रधानमन्त्री निवासका कर्मचारीको ? गरिदिनुहोला सबैलाई ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०८:३६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...