back

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०७५ चैत २९ शुक्रवार

36 

shares

२९ चैत, बेत्रावती ।  टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ ।

बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका-२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नंको टिपरमा आगजनी गरेर क्षति पु¥याइदिएका छन् । दोषी चालकलाई कडा कारवाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजारगङ्गटे सडकखण्ड अवरुद्ध बनाएका छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १०:५० मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले...