back
CTIZAN AD

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

वि.सं.२०७५ चैत २९ शुक्रवार

729 

shares

२९ चैत, क्वेटा, पाकिस्तान ।  पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् ।

सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् । सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले बताए ।

बम विस्फोट भएको सो क्षेत्र रगताम्य भएको र घाइतेहरुले सहयोगका लागि रुवाबासी गरेको एएफपीका एक समाचारदाताले बताएका छन् ।

यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन । क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् ।

हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेका र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिए ।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । यस आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १५:०१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...