back
CTIZAN AD

चीनमा रेल दुर्घटना हुदाँ ६ जनाको मृत्यु

वि.सं.२०७५ चैत २९ शुक्रवार

729 

shares

२९ चैत, बेइजिङ ।  मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।

हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ ।

रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १४:५४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...