
३० चैत, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवामाथि सरकारविरुद्ध आन्दोलनको नेतृत्व लिन दबाब परेको छ । सरकारका गलत क्रियाकलापप्रति मौन रहेको भन्दै विभिन्न दलका नेताले देउवालाई आन्दोलनको अगुवाइ गर्न आग्रह गरेका हुन् ।
राजधानीमा ११ विद्यार्थी संगठनले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेताहरुले सरकारविरुद्ध सशक्त भूमिका निर्वाह गर्न देउवालाई सुझाव दिए । उनलाई आन्दोलनको अगुवाइ गर्न दबाब दिनेमा प्रतिपक्षी नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राजपा, नयाँ शक्ति पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायत छन् । सरकारले प्रतिपक्षी नेता पाएको छैन ।
प्रतिपक्षीको नेता भइदिनुस्, हामी सहयोग गर्छौ । राष्ट्रवादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापा सागरले भने । शबिारको अन्नपुर्ण पोस्टमा खगेन्द्र भण्डारीले लेखेका छन् ।
वि.सं.२०७५ चैत ३० शनिवार ०७:३६ मा प्रकाशित






























