१ वैशाख, काठमाडौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पन्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ ।
ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौ रुपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हठपेको तथ्य पाइएको हो ।
२०४६ सालमा पन्चायती व्यवस्था ढलेसँगै मालपोत, भूमीसुधार र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया मिलेर काठमाडो नगर क्षेत्रमा पर्ने एक हजार आठ सय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा कब्जा गरेको सरकारबाटै गठीत छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । छानबिन आयोगले प्रतिवेदन २३ वर्षअघि यस्तो प्रतिवेदन दिएको थियो । आइतबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १ आइतवार ०७:५६ मा प्रकाशित