back
CTIZAN AD

पहिलो भइन्, ‘प्रधानमन्त्रीकी छोरी’

वि.सं.२०७६ वैशाख १ आइतवार

630 

shares

१ बैशाख, किस्री, मुगु । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुल सम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमीक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।
मुगुकार्मारोड गाउँपालिका स्थित माग्री गाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छन् । उनको पढाई सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा घरायसी कामकाजमा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाइवस्तु चराउने, वनपाखामा च्याउ टिप्ने लगायतका काम गर्छिन् ।
करिब ३ वर्ष अघि बाबु कार्माटोन्डुल लामाको मृत्यु भएपछि आमा छिजुले उनी र बहिनीको पालनपोषण गरिरहेको पनि ओलीले बताए । आइतबारको कान्तिपुर दैनिकमा मुगुबाट राज बहादुर शाहीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०७:५७ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...