back

प्रस्तावित न्यायाधिशविरुद्ध तीन उजुरी

वि.सं.२०७६ वैशाख १ आइतवार

30 

shares

१ बैशाख, काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधीश सिफारिसले न्यायालयको मर्म विपरीत रहेको भन्दै संघीय संसद्को सुनुवाई समितिमा तीनवटा उजुरी परेका छन् । ती उजुरी विशेष गरी न्यायाधिश मनोज शर्मा र प्रकाश कुमार ढुंगानाविरुद्ध छन् ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधिश सिफारिसमा संविधानले गरेको व्यवस्था न्यायपरिषद्ले खेल्नुपर्ने भूमिका, न्यायाधिश नियुक्तिमा परिषद्को उत्तरदायित्व लगायत बुँदा समावेश गरेर ७ पृष्ठ लामो उजुरी दर्ता गरेका छन् ।

उनले उजुरीमा विशेष गरी शर्माबारे उल्लेख गरेका छन् । ‘सुनुवाई सम्म पर्खनुहोस्, सबै कुरा बाहिर आउँछ,’ थापाले भने, ‘यसअघिका उजुरी बेनामे हुन्थे, मैले नाम र मोबाइल नम्बरसहित उजुरीमा उल्लेख गरेको छु ।’

ढुंगानाबिरुद्ध पनि उजुरी दर्ता भएको छ । ‘उजुरी बारे भन्न् मिल्दैन,’ समितिका एक कर्मचारीले भने, ‘दर्ता गराउन बैशाख २ सम्म समयसीमा तोकिएको छ । उजुरीमाथि बैशाख ३ गते छलफल हुनेछ ।

आइतबारको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:०८ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...