back
CTIZAN AD

प्रस्तावित न्यायाधिशविरुद्ध तीन उजुरी

वि.सं.२०७६ वैशाख १ आइतवार

510 

shares

१ बैशाख, काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधीश सिफारिसले न्यायालयको मर्म विपरीत रहेको भन्दै संघीय संसद्को सुनुवाई समितिमा तीनवटा उजुरी परेका छन् । ती उजुरी विशेष गरी न्यायाधिश मनोज शर्मा र प्रकाश कुमार ढुंगानाविरुद्ध छन् ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधिश सिफारिसमा संविधानले गरेको व्यवस्था न्यायपरिषद्ले खेल्नुपर्ने भूमिका, न्यायाधिश नियुक्तिमा परिषद्को उत्तरदायित्व लगायत बुँदा समावेश गरेर ७ पृष्ठ लामो उजुरी दर्ता गरेका छन् ।

उनले उजुरीमा विशेष गरी शर्माबारे उल्लेख गरेका छन् । ‘सुनुवाई सम्म पर्खनुहोस्, सबै कुरा बाहिर आउँछ,’ थापाले भने, ‘यसअघिका उजुरी बेनामे हुन्थे, मैले नाम र मोबाइल नम्बरसहित उजुरीमा उल्लेख गरेको छु ।’

ढुंगानाबिरुद्ध पनि उजुरी दर्ता भएको छ । ‘उजुरी बारे भन्न् मिल्दैन,’ समितिका एक कर्मचारीले भने, ‘दर्ता गराउन बैशाख २ सम्म समयसीमा तोकिएको छ । उजुरीमाथि बैशाख ३ गते छलफल हुनेछ ।

आइतबारको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:०८ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...