back

तामा र तुलसी छोएर, बरपिपललाई साक्षी राख्ने इमानी नेपाली हौँ

वि.सं.२०७६ वैशाख १ आइतवार

27 

shares


१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकारको १ वर्ष नीति निर्माणको वर्ष भएको भन्दै आउँदो वर्ष सरकारले गरेका प्रतिबद्धताको कार्यान्वयनको वर्ष हुने बताए । संघीयता नेपालीका लागि नयाँ भएको हुँदा कार्यान्वयनमा केही चुनौती रहेको भन्दै प्रधानमन्त्रीले सबैको सहयोग र साथको आग्रह गरे ।

सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनले बाह्रय लगानी तथा प्रविधि भित्र्याउन सफल भएको भन्दै प्रधानमन्त्रीले सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारा पुरा गर्न सरकारले शान्ति, एकता र विकासको बाटो लिएको बताए ।

स्वास्थ बिमा कार्यक्रम, रेलको लिक बिछ्याउने, सबैको लागि शिक्षा, सडक निर्माण, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, प्रधानमन्त्री बेरोजगारी कार्यक्रम, जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रम लगायतका काम १ वर्षमा सम्पन्न भएका उपलब्धि भएको बताए ।

चरम व्यथितिलाई प्रणालीमा व्यवस्थित गर्ने अवस्थामा आएका छौँ, भ्रष्टाचार विरुद्ध बोल्न मुखमा पानी हालेर बस्ने र भ्रष्टाचारीलाई कार्वाही गर्दा सरकारको विरोध गर्नेहरु राष्ट्रविरोधी भएको उनको भनाइ थियो । ‘तामा र तुलसी छोएर, बरपिपललाई साक्षी राखेर यस्तो काम गर्दिन भनेर प्रतिबद्ध हुने इमानी नेपाली हुन् भन्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार विरुद्ध प्रतिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पृथकतावादको अन्त्य भएको र अतिवादी र आपराधिक गतिविधि नियन्त्रणमा सरकार दृढ रहेको बताउँदै उनले समृद्ध नेपाल निर्माणमा मुलुक अघि बढेको बेला आपराधिक गतिविधि कदापी स्वीकार्य नहुने बताए । ‘स्थायीत्वको मार्गमा हिड्न लागेको बेला आपराधिक र हिसात्मक गतिविधिहरु कदाचित स्वीकार्य होइन ।’ प्रधानमन्त्रीले भने बुझेर पनि बुझ पचाउने र हिंसात्मक गतिवधिलाई राजनीतिको स्वरुप दिन खोज्नु अस्वीकार्य भएको बताए । अल्पविकसित मुलुकको टिठ लाग्दो अवस्थाबाट देशलाई माथि उठाउन विकासका काममा तिब्र गतिमा दर्गुनु पर्ने बताउँदै उनले सम्पूर्ण देशबासीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:२० मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...