back
CTIZAN AD

तामा र तुलसी छोएर, बरपिपललाई साक्षी राख्ने इमानी नेपाली हौँ

वि.सं.२०७६ वैशाख १ आइतवार

786 

shares


१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकारको १ वर्ष नीति निर्माणको वर्ष भएको भन्दै आउँदो वर्ष सरकारले गरेका प्रतिबद्धताको कार्यान्वयनको वर्ष हुने बताए । संघीयता नेपालीका लागि नयाँ भएको हुँदा कार्यान्वयनमा केही चुनौती रहेको भन्दै प्रधानमन्त्रीले सबैको सहयोग र साथको आग्रह गरे ।

सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनले बाह्रय लगानी तथा प्रविधि भित्र्याउन सफल भएको भन्दै प्रधानमन्त्रीले सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारा पुरा गर्न सरकारले शान्ति, एकता र विकासको बाटो लिएको बताए ।

स्वास्थ बिमा कार्यक्रम, रेलको लिक बिछ्याउने, सबैको लागि शिक्षा, सडक निर्माण, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, प्रधानमन्त्री बेरोजगारी कार्यक्रम, जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रम लगायतका काम १ वर्षमा सम्पन्न भएका उपलब्धि भएको बताए ।

चरम व्यथितिलाई प्रणालीमा व्यवस्थित गर्ने अवस्थामा आएका छौँ, भ्रष्टाचार विरुद्ध बोल्न मुखमा पानी हालेर बस्ने र भ्रष्टाचारीलाई कार्वाही गर्दा सरकारको विरोध गर्नेहरु राष्ट्रविरोधी भएको उनको भनाइ थियो । ‘तामा र तुलसी छोएर, बरपिपललाई साक्षी राखेर यस्तो काम गर्दिन भनेर प्रतिबद्ध हुने इमानी नेपाली हुन् भन्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार विरुद्ध प्रतिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पृथकतावादको अन्त्य भएको र अतिवादी र आपराधिक गतिविधि नियन्त्रणमा सरकार दृढ रहेको बताउँदै उनले समृद्ध नेपाल निर्माणमा मुलुक अघि बढेको बेला आपराधिक गतिविधि कदापी स्वीकार्य नहुने बताए । ‘स्थायीत्वको मार्गमा हिड्न लागेको बेला आपराधिक र हिसात्मक गतिविधिहरु कदाचित स्वीकार्य होइन ।’ प्रधानमन्त्रीले भने बुझेर पनि बुझ पचाउने र हिंसात्मक गतिवधिलाई राजनीतिको स्वरुप दिन खोज्नु अस्वीकार्य भएको बताए । अल्पविकसित मुलुकको टिठ लाग्दो अवस्थाबाट देशलाई माथि उठाउन विकासका काममा तिब्र गतिमा दर्गुनु पर्ने बताउँदै उनले सम्पूर्ण देशबासीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:२० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...