back
CTIZAN AD

गजल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

741 

shares

लालीगुराँस्,डाँफेका गीत गाओस् नव वर्षले ।
उत्कृष्ट साल्को उपाधी पाओस् नव वर्षले ।

खाना पुगोस्,नाना पुगोस्,नचुहिने छाना पुगोस्
आत्मसम्मान र सन्तुष्टि ल्याओस् नव वर्षले ।

समाजमा द्वन्द नहोस्, कुनै दुर्गन्ध नहोस्
क्रान्ति,भ्रान्ति नभइ सशान्ति छाओस् नव वर्षले ।

हटि जाउन् विकृति,निर्मूल् होउन् विसङ्गति
नागरिक्को समुन्नति चाहोस् नव वर्षले ।

मानवीय,आर्थिक,सामाजिक,साँस्कृतिक
दीगो विकासको पथ च्याओस् नव वर्षले ।

समृद्ध नेपाल् अनि सुखी नेपालीको आशा
सार्थक् पार्ने बाटोतर्फ लाओस् नव वर्षले ।

नव वर्ष दुई हजार छयत्तर शुभ रहोस्
यहाँहरूकै प्रगतिमा धाओस् नव वर्षले ।
पुर्ण ‘पवित्रदीप’

वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:४० मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...