
लालीगुराँस्,डाँफेका गीत गाओस् नव वर्षले ।
उत्कृष्ट साल्को उपाधी पाओस् नव वर्षले ।
खाना पुगोस्,नाना पुगोस्,नचुहिने छाना पुगोस्
आत्मसम्मान र सन्तुष्टि ल्याओस् नव वर्षले ।
समाजमा द्वन्द नहोस्, कुनै दुर्गन्ध नहोस्
क्रान्ति,भ्रान्ति नभइ सशान्ति छाओस् नव वर्षले ।
हटि जाउन् विकृति,निर्मूल् होउन् विसङ्गति
नागरिक्को समुन्नति चाहोस् नव वर्षले ।
मानवीय,आर्थिक,सामाजिक,साँस्कृतिक
दीगो विकासको पथ च्याओस् नव वर्षले ।
समृद्ध नेपाल् अनि सुखी नेपालीको आशा
सार्थक् पार्ने बाटोतर्फ लाओस् नव वर्षले ।
नव वर्ष दुई हजार छयत्तर शुभ रहोस्
यहाँहरूकै प्रगतिमा धाओस् नव वर्षले ।
पुर्ण ‘पवित्रदीप’
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:४० मा प्रकाशित