back
CTIZAN AD

नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण

वि.सं.२०७६ वैशाख ९ सोमवार

723 

shares

९ वैशाख, दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका छन् ।

नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गरेका हुन । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गरेको सोही वडाका अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए ।

न्यौपानेले कुमालको कक्षा १२ सम्मको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “म नगर प्रमुखको पदमा बहाल नरहेपनि कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु ।” आमाले घर छाडेर बुबाले अर्र्काे विवाह गरेपछि कुमाल हजुरबुबा र हजुरआमा बस्दै आएकी छन् ।

व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानमा सघाउँदै अभिभावकत्व ग्रहण गर्न सबैलाई आग्रह गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारालाई मूर्त रुप दिन सामाजिक अभियान्ता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, इच्छुक व्यक्ति वा सङ्घसंस्थालाई भर्ना अभियानमा सहभागी हुँदै आवश्यकता अनुसार अभिभावकत्व ग्रहण गर्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरभित्रका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय ल्याई सिकाउन, टिकाउन र अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिस्पर्धी बन्न सक्ने बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने भएकाले भर्ना अभियानमा सबै लाग्नुपर्ने शाखाका प्रमुख उपसचिव अम्बिकाप्रसाद आचार्यले बताए । साथै नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै वैशाख २ देखि १५ गतेसम्म सहज भर्ना अभियानअन्तर्गत बालबालिकालाई मुस्कान, अविर, पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्न निर्देशन दिएको छ ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १२:५१ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...