back

मजदूरको पक्षमा सरकार : नेता पाण्डे

वि.सं.२०७६ वैशाख १८ बुधवार

33 

shares

१८ बैशाख, काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

१३०औँ मे दिवसको अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल(कोनेफ) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले संयुक्त रुपमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले मजदूरको नेतृत्व गर्ने कम्युनिष्ट सरकार मजदूरका हकअधिकारका विषयमा प्रतिबद्ध रहेको बताए ।

“मजदूरको पक्षमा कानून बनाउने र मजदूरलाई आवश्यक सेवा सुविधा नदिनेलाई कारवाही सरकारले गर्नुपर्छ”, उनले भने, “आफ्नो हक र अधिकारका लागि हिजोको जस्तो आन्दोलन गर्नुपर्ने दिन आउनु हुँदैन् ।” मजदूरको हकअधिकारको सुनिश्चितता पश्चात मात्र समाजवादको यात्रा तय हुने भएकाले प्राप्त उपलब्धिको संरक्षण गर्दै विभिन्न क्रान्तिले देखाएको बाटोमा अघि बढे अभियान सार्थक हुने उनले बताए ।

नेता पाण्डेले भने, “श्रमिकको योगदानका कारण कम्युनिष्टको आन्दोलन सफल भएको हो, रगतसँग साइनो गाँसेर प्राप्त गरेको अधिकारको सम्झनामा मे दिवस मनाउन थालिएको हो ।” नेपालमा पुरानो खालको संरचनाका कारण कम्युनिष्टले एकपक्षीय शासन गर्न तत्काल सम्भव नरहेको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले दुई कम्युनिष्ट पार्टी एकीकरणको अधिकांश काम सकिएकाले जिम्मेवारी पाएका नेता कार्यकर्ताले सरकारको राम्रा कामको प्रचार र गतल कामबारे सचेत गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल टे«ड युनियन महासङ्घ(जिफन्ट)का उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) का अध्यक्ष यदुमणि कँडेल लगायतले मजदूरका हकअधिकारका विषयमा जोड दिएका थिए । चितवनमा मजदूरहरुले छुट्टाछुट्टै कार्यक्रम गरेर मे दिवस मनाएका छन् ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १५:५७ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...