back
CTIZAN AD

नम्रताको भाइरल भिडियो ‘भ्रामक’

वि.सं.२०७६ वैशाख १९ बिहीवार

633 

shares

१९ बैशाख, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् ।

नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीय भिड बढेको उनको दावी छ । यस्तो देखेर आश्चर्य चकित भएको उनले बताएकी छन् ।

वाग्लेको पोस्टमा विरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन् ‘के कारणले तपाईले सबैलाई भारतीय नागरिक भन्नु भयो ?’ सरार्फले लेखेका छन्, गोरो छाला नभएका हरेक व्यक्तिलाई भारतीय देख्ने तपाईको मानसिकतलाई उपचार आवस्यक छ ,मलाई प्रष्ट्याइदिनुस् कुन आधारमा भारतीय नागरिक भन्नु भयो ?’ तर नम्रताले भने यसको जवाफ दिएकी छैनन् ।

गृृहमन्त्रालयले पनि ती महिलाको खोजविन गर्न जिल्ला प्रशानसन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारीले पनि भिडियोले भ्रम फैलाएको बताए । बिहिबारको कान्तिपुरमा वीरगन्जबाट भूषण यादवले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ०७:४७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...