back
CTIZAN AD

महासचिव विप्लव भन्छन्–‘हत्या योजना झुट’

वि.सं.२०७६ वैशाख ३० सोमवार

603 

shares

३० बैशाख, काठमाण्डौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शिर्ष नेताहरुको हत्या गर्ने योजनाका कुरा झुट भएको बताएका छन् ।

महासचिव विप्लवले यस्तो गम्भीर विषयलाई सरकारद्धारा बजारको व्यापार गराइएको बताउँदै आफूलाई अनौठो लागेको समेत बताएका छन् । ‘राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टर सम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

त्यसैगरी सरकारसँग वार्ता गर्न नआएर हिंसात्मक गतिबिधिमा संलग्न भएकैले सरकारले प्रतिबन्ध लगाएको बताइरहेको छ नि भन्ने प्रश्नमा उनले भनेका छन् ‘यो झुटो प्रचार हो । पहिलो कुरा सरकारले हामीलाई आधिकारिक ढंगले वार्तामा बोलाएको होइन, त्यसअर्थमा वार्तामा आएन भन्न मिलेन । दोस्रो वार्ताबाट त हामी फर्किदै छौं ।

जतिबेला वार्ताबाट जनअधिकार र देशका प्रस्तावहरु पास होलान् भन्ने थियो । त्यसबेला सम्म त प्रचण्डसहित हामी वार्तामै थियौं नि । तर जव वार्ताका नाममा जनयुद्धका सारा प्रस्ताव र उपलब्धिलाई खरानी पार्न थालियो देशलाई पराधिन र जनतालाई अधिकारविहीन बनाउन थालियो तब हामीले विद्रोह गरेका हौं ।’ सोमबारको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:५४ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...