back
CTIZAN AD

दर्शक रमाउन नसकेका दाल-भात-तरकारीका यी पाटाहरु

वि.सं.२०७६ जेठ ३ शुक्रवार

582 

shares

बैशाखको पछिल्लो हप्ता देशभरीका सिनेमा हलमा लागेको नेपाली चलचित्र दाल–भात तरकारीले दर्शक सन्तुष्ट पार्न सकेको त्यति देखिँदैन् । फिल्म अहिले दोश्रो सातामा हिँडिरहेको छ । तर, फिल्म निर्माताहरुले आसा गरेजस्तो रुपमा दालभात तरकारीले दर्शकको मन तान्न भने पटक्कै सकेको छैन् ।

महसंचारको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा विशेष गरेर नेपालीहरुको अमेरिका मोह र दलालका पछि लाग्दा घरबारै तहस नहस बनेको देखाउन खोजिएको छ । हुन पनि अमेरिका, अष्ट्रेलिया अनि क्यानडा मोहले धेरै नेपालीको घरबार मात्र नभएर परिवार उठीबास लागेको त छदैंछ अझ तल्लोबाटो भएर अमेरिका पुग्न खोज्ने धेरै नेपालीको ज्यान बीचबाटोमा पर्ने ठूला–ठूला समुद्रले निलेको छ भन्दा फरक पर्दैन । यति गम्भीर घटनाहरु पनि त्यहि कथाभित्र पर्ने हुनाले फिल्ममा देखाउन खोजिएका कथा भने हल्का रुपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै लामो समयपछि फिल्ममा फर्किएकी चर्चित नायिका निरुता सिंहको भूमिकाले त झन दर्शकलाई निराशा बनाउँछ । उनको यस्तो भूमिकाले उनलाई देख्न तर्सिएका दर्शकको आँखा एकैपटकमा अघाएको भान हुन्छ । उनको भूमिकाका कारण कतिखेर कतिखेर दर्शकहरुलाई हलै छोडेर जाउँ कि भन्ने बनाउँछ भने कतिखेर संवादका क्रममा ‘अबफेरि चिच्याउने नै भइन्’ भनेर दिक्क बनाउँछ । जतिखेर पनि चिच्च्याउने मात्र भूमिका पाएकी निरुताको आवाजले दर्शकको कानै खाइदिन्छ ।

दोश्रो सामाजिक रुपमा राम्रो छवि बनाइसकेका हरिवंशसँग दर्शकले भावनात्मक तथा मार्गदर्शकको रुपमा सम्बन्ध बनाइसकेका छन् । उनले यतिधेरै हल्का रुपमा अभिनय नगरेको भए राम्रो हुने थियो भन्ने दर्शकको भनाई छ । साथै उनकै नामले दर्शकहरु हलसम्म तानिएर आएका हुन् भन्दा फरक नपर्ला । बरु उनको भूमिका किरण केसीलाई भने सुहाउँथ्यो । अहिले पनि किरण केसी हास्यव्यंग क्षेत्रमै रहेकोले उनलाई दर्शकले हास्यव्यंग कलाकारका रुपमा मनमा लिइरहेको र उनको यो भूमिका पनि दर्शकले सहजरुपमा पचाउँथे ।

विगतका दिनमा हरिवंशलाई पनि हास्यव्यंग कलाकारका रुपमा हेरिए पनि केही वर्ष यता उनी सामाजिक अभियन्ता तथा देश विदेशमा एउटा राम्रो छवि बनाएका व्यक्तित्वको रुपमा दर्शकको मनमा छाप बनाइसकेका छन् । उनीबाट दर्शकले कमेडी भन्दा नयाँ कुरा, गहन कुरा, जो युवा पुस्तालाई पनि आफ्नो जीवनमा अनुरशरण गर्न सिकाओस्, यहि चाहान्थे ।
त्यस्तै हाँस्यव्यंग फिल्म ‘शत्रुगते’मा मदनकृष्णले वरिवरी युवती राखेर रोमान्स गरेको भूमिकालाई दर्शकले नरुचाए जस्तै हरिवंशलाई पनि यो भूमिकामा पटक्कै सुहाएको छैन् । बरु यो भूमिकामा किरण केसीपछि अमेरिकन राष्ट्रपति डोनाल्डट्रम्पका हुबहु मनोज गजुरेल फिट हुन सक्थे भन्ने पनि दर्शकको भनाई छ ।

नेपाली सिने क्षेत्रमा यो वर्षकै प्रतिक्षित रुपमा लिइएको यो चलचित्रमा दर्शकलाई अर्को दिक्क बनाउने कुरा हो, एउटै घरभित्र गरिएको सुटिङ । जतिखेर पनि त्यहि घरभित्र जे भएपनि त्यहि घरभित्र देखाइएका दृश्यहरुले पनि दर्शकहरुलाई नयाँपन दिन सकेको छैन् ।
त्यस्तै फिल्ममा नायक पुष्प खड्कालाई पक्राउ गर्न घर आएको प्रहरीबाट नचिनिने बन्नका लागि युवतीको भेषमा देखिएका छन् । युवतीको भेषमा देखिएको भूमिकालाई दर्शकले सहज लिएका छन् । तर, विना प्रसंग युवतीको भित्रि वस्त्र (ब्रा) लाई कपडा च्यातिएको देखाउँने बहानामा धेरै समयसम्म देखाइरहँदा दर्शकले अलि असहजता महसुस गरेको पाइन्छ ।
त्यस्तै अन्तिममा देखाइएको प्रियंका कार्कीको आइटम डान्स पनि दर्शकहरुले पचाउन सक्ने स्थितिमा छैनन् ।

फिल्मको सुरुदेखि अन्त्यसम्म दर्शकहरुलाई जर्बजस्ती हसाँउनै पर्छ भन्ने उद्धेश्यमात्र राखिएको जस्तो देखिने उक्त फिल्ममा कतिखेरै पनि भावुक दृश्य देखिँदैन्, जसले दर्शकलाई हो नि यस्तो पनि त हुन्छ भनेर भावुक बनाउन सकोस् । यस्ता घटना समाजका प्रत्येकजसो घरमा भइसकेकोले र मानिहरु यस्ता घटनालाई नौलो रुपमा नलिने हुनाले फिल्मले दिन खोजेको सन्देशमा कुनै नयाँपत्र नपाइएको दर्शकहरु बताउँछन् ।

फिल्ममा, संसारभरी छरिएर रहेका नेपालीहरुले नेपाली संस्कृति भुल्न नसकेको अवस्था र त्यहाँ पनि दाल भात तरकारीकै लागि गर्नु परेको दुःख या विदेशबाट श्रम गरेर फर्किएर परिवारसँगै बसेर दालभात तरकारी खाएर रमाउनका लागि युवायुवतीले आफ्नै देशमा पसिना बगाइरहेको सन्देश आउन सकेको भए अझ राम्रो हुन्थ्यो कि ! भन्ने केही दर्शकहरुको टिप्पणी छ ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १०:०४ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...