back
CTIZAN AD

तङ्ग–इल मो–दो संघ भत्तपुरको नेतृत्वमा रानामगर

वि.सं.२०७६ जेठ ८ बुधवार

762 

shares


जेठ ८ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्सीय कार्य समिति पुर्नगठन गरेको हो ।

संघ भत्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले , सचिवमा रामेश्वर रानामगर, कोषाध्यक्षमा बेबी राई, सदस्यहरुमा प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर,प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले, सम्जन मल्ललाई भएका छन् ।

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव बिष्णु गिरीले बताए उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने बताए ।

गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।

तङ्ग–इल मो–दो संघ का उपाध्यक्ष सुर्य प्रसाद भट्टराईले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । सो अवसरमा मार्सट आटका खेलाडि इन्द्रमान चित्रकारको पनि उपस्थति रहको थियो ।

वि.सं.२०७६ जेठ ८ बुधवार १३:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...