back

प्रधानमन्त्री कपमा प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

वि.सं.२०७६ जेठ १५ बुधवार

585 

shares

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा प्रदेश नं २ का कुमार थापाले व्यक्तिगत तीन विकेट लिए भने राशिद खान, हरि शङ्कर शाह र सम्सद शेखले समान दुई÷दुई विकेट लिए । यसअघि दुई खेल खेलेको कर्णाली प्रदेशले दुवै खेल गुमाएको छ ।
अघिल्लो चरण प्रवेशका लागि पनि कर्णाली प्रदेशको जित्नै पर्ने दबाब छ । कर्णाली यसअघि त्रिभुवन आर्मी क्लब र पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै प्रदेश नं २ पनि पहिलो जितको खोजीमा छ । यसअघि एक खेल खेलेको प्रदेश नं २ आर्मीसँग पराजित भएको थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:५४ मा प्रकाशित

Himalayan Life AD
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...