back
CTIZAN AD

प्रधानमन्त्री कपमा प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

वि.सं.२०७६ जेठ १५ बुधवार

777 

shares

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा प्रदेश नं २ का कुमार थापाले व्यक्तिगत तीन विकेट लिए भने राशिद खान, हरि शङ्कर शाह र सम्सद शेखले समान दुई÷दुई विकेट लिए । यसअघि दुई खेल खेलेको कर्णाली प्रदेशले दुवै खेल गुमाएको छ ।
अघिल्लो चरण प्रवेशका लागि पनि कर्णाली प्रदेशको जित्नै पर्ने दबाब छ । कर्णाली यसअघि त्रिभुवन आर्मी क्लब र पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै प्रदेश नं २ पनि पहिलो जितको खोजीमा छ । यसअघि एक खेल खेलेको प्रदेश नं २ आर्मीसँग पराजित भएको थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:५४ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...