back
CTIZAN AD

बंगालमा मारिएका कार्यकर्ताको परिवारलाई मोदीले दिए निम्ता

वि.सं.२०७६ जेठ १५ बुधवार

903 

shares


१५ जेठ । भारतको हालै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलेपुनः दोस्रो कार्यकाल सम्हाल्ने मौका पाएका छन् । राष्ट्रपति रामनाथ कोविन्दबाट बेलुका भारतीय समय अनुसार साढे सात बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदी र उनका मन्त्रीपरिषदका अन्य सदस्य शपथ ग्रहण कार्यक्रम रहेको छ ।

आफ्नो शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री मोदीले पश्चिम बंगालका मारिएका आफ्ना कार्यकर्ताको परिवारलाई पनि निम्तो दिएका छन् । उनीहरुका लागि दिल्लीमा रहने व्यवस्था समेत गरिएको छ । भाजपाले आफ्ना कार्यकर्तालाई राजनीतिक हिंसाको शिकार बनाइएको आरोप लगाएको छ । भाजपाले मारिने आफ्ना सबै कार्यकर्ताको नाम, ठेगाना, कहिले, कहाँ र कसरी मारिएको भन्ने डिटेल सूचि तयार पारेको जनाइएको छ । पछिल्लो केही वर्षमा मात्र भाजपाका ५४ कार्यकर्ता मारिएका छन् ।

उनको शपथग्रहण कार्यक्रममा सबै प्रदेशका राज्यपाल, मुख्यमन्त्री तथा प्रमुख विपक्षी दलका नेताहरुलाई बोलाइएको छ । कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, तुणमुल कांग्रेस प्रमुख तथा पश्चिभ बंगालकी मुख्य मन्त्री ममता बनर्जी, कर्नाटकका मुख्यमन्त्री एच.डी कुमारस्वामी, आप पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शपथग्रहण कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा पूर्व राष्ट्रपतिहरुलाई पनि निम्ता पठाइएको जनाइएको छ ।

नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि उक्त समारोहमा सरिक हुने कार्यक्रम छ । त्यसका लागि प्रधानमन्त्री भोलि भारत जाने र पर्सी फर्कने कार्यक्रम छ ।

त्यसैगरी मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ, किर्गीस्तानका राष्ट्रपति एस जीनबेकोव, बंगलादेशका राष्ट्रपति अब्दुल हामिद, श्रीलंका राष्ट्रपति मैत्रिपाला सिरिसेना पनि कार्यक्रममा उपस्थित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यसैगरी विभिन्न देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १३:०२ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...