back
CTIZAN AD

धादिङ बस दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, १५ घाईते (अपडेटसहित)

वि.सं.२०७६ जेठ १५ बुधवार

645 

shares

१५ जेठ, काठमाण्डौं । धादिङको थाक्रे गाउँपालिकामा पर्यटक बस दुर्घटना हुँदा बस चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सुनौलीबाट काठमाण्डौं आउँदै गरेको बा १ प १३६३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका १ को खयरघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको र अन्य १५ जना घाईते भएको धादिङ प्रहरीले जनाएको छ ।

सुनौलीबाट काठमाण्डौ आउँदै गरेको उक्त बस काठमाण्डौंबाट केरुङ जान हिँडेको कन्टेनरसँग ठोक्किएर २०० मिटर तल खोलामा खसेको छ भने कन्टेनर सडकको कुनामै पल्टिएको धादिङ प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले संसारन्युजलाई बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा बसमा १६ जना रहेकोमा १ को मृत्यु अन्य १५ जना सबै घाईते भएका छन । १५ जना मध्ये गम्भीर घाईते भएका ८ जनालाई काठमाण्डौं उपचारका लागि पठाइएको पनि डिएसपी विष्टले जानकारी दिए ।

विष्टका अनुसार ८ जना गम्भीर घाइते, ४ जना मध्यम घाईते रहेका छन् भने २ जनाको महादेववेशीमा उपचार भइरहेको र १ जना सामान्य उपचारपछि फर्किएका छन् ।

बस सडकबाट २ सय मिटर तल महेशखोलामा खसेको थियो । प्रारम्भिक अनुसन्धानमा बसका चालक लम्जुङका हरि न्यौपाने भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १७:०२ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...