back
CTIZAN AD

बन्र्टओक नेपाली समाजद्धारा उपमेयर लक्ष्य गुरुङ सम्मानित

वि.सं.२०७६ जेठ १७ शुक्रवार

954 

shares

१७ जेठ, बेलायत । बन्र्टओक नेपाली समाज युकेले हालै लन्डन बरो अफ बार्नेटको उपमेयरमा निर्वाचित भएका काउन्सिलर लक्ष्य गुरुङलाई सम्मान गरेको छ ।

मे २९  का दिन नर्थरोड सेन्टरमा आयोजित सम्मान कार्यक्रममा उपमेयर गुरुङ र श्रीमती शोभा गुरुङलाई सम्मान गरिएको हो ।

समाजको अध्यक्ष उदय गुरुङको सभापतित्व रहेको उक्त सम्मान कार्यक्रममा उपमेयर गुरुङले नेपाली युवालाई प्रेरणा मिलोस् भनेरै आफू बेलायतको राजनीतिमा होमिएको बताउँदै आफ्नो जित समग्र नेपाली समुदायको जित र पहिचान भएको बताएका थिए । उनले नेपाली समुदायको हितको लागि कामगर्ने बताउँदै युवाहरुलाई समाजको हितमा रचनात्मक कामहरु गर्दै नेतृत्व लिन आग्रह गरेका थिए ।

सोहि अवसरमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति उदय गुरुङले बेलायतमा बसोबास गरिरहेका नेपालीहरु व्यवसाय, शिक्षा क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि सक्रिय भएर लागि परेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले नेपाली समुदायका युवालाई हरेक क्षेत्रमा अघि बढाउनका लागि समाज प्रयासरत रहेको बताएका थिए ।

सम्मान कार्यक्रमा बन्र्टओक आमा समूहकी उपाध्यक्ष दिल माया गुरुङले काउन्सिलरको पदमा रहँदा गुरुङले गरेका कामहरुको मूल्यांकन गरेरै उमेयरमा जिताएको स्मरण गर्दै बेलायतमा रहेका नेपाली समुदायको समस्या समाधानमा गुरुङले पहल गर्ने आशा आफूहरुले गरेको बताइन् ।

समाजका महासचिव भोला पनेरुको सञ्चालन रहेको उक्त सम्मान कार्यक्रममा बेलायतबाट सञ्चालित २४ न्युज प्रेस डटकमको बार्षिकोत्सबको अबसरमा समाजका मिडिया संयोजक भगिरथ योगीलाई ‘युके जर्नलिस्ट अर्वाड २०१९’ बाट सम्मान गरिएको थियो ।

सम्मानित पत्रकार योगीले बन्र्टओक नेपाली समाजसँगको सहकार्यमा नेपाली बालबालिकालागि नेपाली कक्षा सञ्चालन गरेको बताउँदै सदस्यको सुख दुःखमा साथ दिनका लागि नै समाज चाहिएको बताएका थिए ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०९:०३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...