मुलुकमा प्रभाब पार्नेछ अक्टुबर क्रान्ति
पुजिबादको सेखी झार्नेछ अक्टुबर क्रान्ति
हुदा खाने जनको रक्षा र हितमा उसले
अत्याचारी बिचार मार्नेछ अक्टुबर क्रान्ति
श्रम गरी खानुपर्ने नियम बलियो हुन्छ
तेही सोच हरुले खार्नेछ अक्टुबर क्रान्ति
निमुखाकै राज्यबाट मानव मुक्ति पाउछौ
यथार्थ मा संसार तार्नेछ अक्टुबर क्रान्ति
आकासमा लागेको कालो बादल हटाउदै
यो हरेक देशमा फार्नेछ अक्टुबर क्रान्ति