Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कारबम आक्रमणमा २५ को मृत्यु, सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु



३ मङ्सिर, बेरुत । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकू र सर्वसाधाराण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ ।

विद्रोहीसँग आवद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले एएफपी समाचार समितिलाई आजाज सहरमा भएको यो आक्रमण इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले गर्ने गरेको प्रकृति भएको हुनाले यो आक्रमणमा पनि उनै समूहले गराएको हुनुपर्ने जनाएका छन् । आफ्नो लडाकू र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको युसेफले थप जानकारी दिएका छन् ।

बेलायतसँग आवद्ध मानव अधिकारवादी समूह ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’का अनुसार नुरेद्दिने अल जिन्की समूहको हतियार भण्डारण गोदामलाई लक्षित यो आक्रमणमा १० लडाकू मारिनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

त्यसैबीच प्राप्त एक अर्को समाचारअनुसार विद्रोहीको बलियो प्रभाव भएको सिरियाली सहर अलेप्पोमा सरकारआवद्ध हवाई आक्रमण र गोलाबारीमा परी कम्तीमा २५ सर्वसाधारणको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले यो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिवर्तन भयो । यो गृहयुद्धमा पनि अलकायदाआवद्ध आतङ्ककारी समूहलगायत इस्लामिक स्टेटको प्रभाव बढ्दै गयो ।

जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसमम २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ आफ्ना घरबार छोडी देशभित्र वा छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य छन् एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा