back
CTIZAN AD

कम्बोडियाका सांसदलाई डेढ वर्षको जेल सजाय

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

741 

shares

३ मङ्सिर, न्होमपेन । प्रधानमन्त्रीको मानहानी गरेको अभियोगमा कम्बोडियाका एकजना महिला सांसद (सिनेटर) लाई स्थानीय अदालतले १८ महिना कारावासको सजाय सुनाएको छ ।

प्रधानमन्त्री हुन सेनले महिला सिनेटर थाक लेनीविरुद्ध न्होमपेन अदालतमा गतः अगस्ट महिनामा दायर गर्नुभएको मानहानी मुद्दामा बिहीबार सो अदालतले फैसला सुनाउँदै १८ महिना कारावासको सजाय तोकेको हो ।

गत जुलाई महिनामा, हुन सेन सरकारका प्रखर आलोचक राजनीतिक नेता किम लेको राजधानी न्होमपेनमा दिन दहाडै हत्या भएको थियो । प्रधानमन्त्री हुन सेनलाई यस हत्या काण्डमा मुछ्दै सिनेटर थाक लेनीले ठाउँठाउँमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।

यिनै अभिव्यक्तिका भिडियो क्लिपलाई प्रमाण बनाई प्रधानमन्त्री हुन सेनले सिनेटर लेनी विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गर्नुभएको थियो । आफूविरुद्ध अदालतमा मुद्दा दर्ता भएको केही दिनमै सिनेटर लेनी बेपत्ता भएकीले उनी देश छाडी फरार भइन्् भन्ने हल्ला चलेको थियो ।

हाल अदालतले “पक्राउ परे पछि थुनामा राख्ने” फैसला गरी प्रतिवादीको उपस्थितिबिना नै मुद्दाको टुङ्गो लगाइ दिएको छ । यता, किमले हत्या काण्डमा एकजना भूतपूर्व सैनिकलाई कम्बोडियाली प्रहरीले गिरफ्तार गरी अभियोग लगाएको छ । यसबारे थप विवरण र प्रतिक्रिया लिन खोज्दा आफ्नो अनुसन्धानका सम्बन्धमा कम्बोडियाली प्रहरीले एकदमै मौन बस्दै कुनै पनि सूचना दिन नमानेको जनाइन्छ ।

कम्बोडियामा विगत ३१ वर्षदेखि प्रधानमन्त्री हुन सेनको सरकारले लगातार राज्य गर्दै आइरहेको छ । सन् २०१८ मा कम्बोडियामा आम निर्वाचन हुन गइरहेको छ । निर्वाचन हुनुअघि प्रधानमन्त्री हुन सेनले आफ्ना आलोचक, विपक्षी र प्रतिद्वन्द्वीहरूलाई तह लगाउन युद्धस्तरमा, ठूलो परिमाणमा विभिन्न उपाय अवलम्बन गर्दै हुनुहुन्छ भन्ने आरोप लाग्दै आएको छ ।

सर्वशक्तिमान प्रधानमन्त्रीले आफ्ना आलोचक, विपक्षी तथा प्रतिद्वन्द्वीहरूलाई कानूनी मार्गबाट एक÷एक जना गर्दै सहज ढङगबाट तह लगाउन मिल्ने गरी पहिलेदेखि नै न्यायिक संरचना तयार पारिसक्नु भएकाले सिनेटर थाक लेनी विरुद्धको सजायलाई राजनीतिक ब्यक्तित्वसँग बदला लिने पहिलो कदम भनी कम्बोडियाका मानव अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् । एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३५ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...