back
CTIZAN AD

फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिबीच भेटवार्ता

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

756 

shares

३ मङ्सिर, हवाना (क्युवा) । क्युबाका पूर्वनेता फिडेल क्यास्ट्रोले भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ्गसँग “भ्रातृत्व सम्बन्धस्तरीय” भेटवार्ता गर्नुभएको छ ।

दुईजना दाजुभाई धेरै पछि भेट भएसरह उहाँहरूको भेटवार्तामा दुई देशको आर्थिक तथा सामाजिक बिकासबारे आत्मियतापूर्वक छलफल र विचारको आदानप्रदान भएको छ । साथै विश्वब्यापी जलवायु परिवर्तन, मानवताविरुद्धका चुनौतीहरू, विभिन्न क्षेत्रमा भएका युद्धहरू, विश्व जनसङ्ख्यामा वृद्धि र विश्वव्यापी खाद्य सङ्कटलगायतका विषयमा पनि उहाँहरूले गम्भीर छलफल गर्नुभएको क्युबाको सरकारी समाचार समितिले जनाएको छ ।

उहाँहरूले क्युबा र भियतनामका वर्तमान साझा सवालका विषयगत सङ्घर्षमा विजयी हुने उच्च मनोबलसमेत प्रकट गर्नुभएको छ ।

भेटवार्ताका क्रममा क्युबा क्रान्तिका ऐतिहासिक नेता क्यास्ट्रोले आफ्नो जमानामा धेरै पटक भियतनामको भ्रमण गरेको र अन्य एसियाली राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गरेको संस्मरण गर्नुभयो । विशेष गरी भियतनाममा प्रजातान्त्रिक जनगणतन्त्र पद्धति स्थापनाका लागि महान नेता हो चि मिन्हले दिनुभएको योगदानको स्मरण गर्दै नेता क्यास्ट्रोले हो चि मिन्हलाई गहिरो सम्मान प्रकट गर्नुभयो ।

पेरुमा आयोजित एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरूकाबीच आर्थिक सहयोग मञ्च (एपेक) नेताहरूको शिखर सम्मेलनमा भागलिन जाने क्रममा राष्ट्रपति क्वाङ्गले क्यास्ट्रोलाई भेट्नु भएको हो । साथै, एपेक बैठकमा क्युबाका वर्तमान नेता राउल क्यास्ट्रोलाई पनि उहाँले भेट्नुहुने जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...