Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिबीच भेटवार्ता



३ मङ्सिर, हवाना (क्युवा) । क्युबाका पूर्वनेता फिडेल क्यास्ट्रोले भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ्गसँग “भ्रातृत्व सम्बन्धस्तरीय” भेटवार्ता गर्नुभएको छ ।

दुईजना दाजुभाई धेरै पछि भेट भएसरह उहाँहरूको भेटवार्तामा दुई देशको आर्थिक तथा सामाजिक बिकासबारे आत्मियतापूर्वक छलफल र विचारको आदानप्रदान भएको छ । साथै विश्वब्यापी जलवायु परिवर्तन, मानवताविरुद्धका चुनौतीहरू, विभिन्न क्षेत्रमा भएका युद्धहरू, विश्व जनसङ्ख्यामा वृद्धि र विश्वव्यापी खाद्य सङ्कटलगायतका विषयमा पनि उहाँहरूले गम्भीर छलफल गर्नुभएको क्युबाको सरकारी समाचार समितिले जनाएको छ ।

उहाँहरूले क्युबा र भियतनामका वर्तमान साझा सवालका विषयगत सङ्घर्षमा विजयी हुने उच्च मनोबलसमेत प्रकट गर्नुभएको छ ।

भेटवार्ताका क्रममा क्युबा क्रान्तिका ऐतिहासिक नेता क्यास्ट्रोले आफ्नो जमानामा धेरै पटक भियतनामको भ्रमण गरेको र अन्य एसियाली राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गरेको संस्मरण गर्नुभयो । विशेष गरी भियतनाममा प्रजातान्त्रिक जनगणतन्त्र पद्धति स्थापनाका लागि महान नेता हो चि मिन्हले दिनुभएको योगदानको स्मरण गर्दै नेता क्यास्ट्रोले हो चि मिन्हलाई गहिरो सम्मान प्रकट गर्नुभयो ।

पेरुमा आयोजित एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरूकाबीच आर्थिक सहयोग मञ्च (एपेक) नेताहरूको शिखर सम्मेलनमा भागलिन जाने क्रममा राष्ट्रपति क्वाङ्गले क्यास्ट्रोलाई भेट्नु भएको हो । साथै, एपेक बैठकमा क्युबाका वर्तमान नेता राउल क्यास्ट्रोलाई पनि उहाँले भेट्नुहुने जनाइएको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले