३ मङ्सिर, काबुल । अफगानिस्तानमा बुधबार बिहान भएको आत्मघाती आक्रमणको इस्लामिक स्टेट आतङ्ककारी समूहले जिम्मा लिएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।
यस आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए ।
बुधबार बिहान व्यस्त समयमा तल्हा खुरासानी नामक एक आतङ्ककारीले वरिष्ठ सरकारी अधिकारीलाई सुरक्षाका लागि सुरक्षा अधिकारीहरूको एक समूहलाई बोकेको एक सवारी साधनलाई लक्ष्य गरी आत्मघाती आक्रमण गराएको बताइएको छ ।
गृह मन्त्रालय नजिकै पुल इ मोहमद इलाकामा सो विस्फोट भएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ८ बजे भएको यो विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभएको थियो । रासस÷सिन्ह्वा
––––––
मिति २०७३ मङ्सिर १ मा रा.स.स., अन्तर्राष्ट्रिय सम्पादन शाखाद्वारा सम्प्रेषित बुलेटिन नं. ६ को फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिबीच भेटवार्ता शीर्षकको समाचारमा सामान्य प्राविधिक त्रुटिबस अन्यथा हुन गएकाले सो त्रुटि सच्याई क्षमायाचना सहित उक्त शीर्षकको समाचार पुनः सम्प्रेषण गरिएको छ ।
वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३६ मा प्रकाशित