back
CTIZAN AD

आत्मघाती आक्रमणको आइएसद्वारा दाबी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

921 

shares

३ मङ्सिर, काबुल । अफगानिस्तानमा बुधबार बिहान भएको आत्मघाती आक्रमणको इस्लामिक स्टेट आतङ्ककारी समूहले जिम्मा लिएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।

यस आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए ।

बुधबार बिहान व्यस्त समयमा तल्हा खुरासानी नामक एक आतङ्ककारीले वरिष्ठ सरकारी अधिकारीलाई सुरक्षाका लागि सुरक्षा अधिकारीहरूको एक समूहलाई बोकेको एक सवारी साधनलाई लक्ष्य गरी आत्मघाती आक्रमण गराएको बताइएको छ ।

गृह मन्त्रालय नजिकै पुल इ मोहमद इलाकामा सो विस्फोट भएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ८ बजे भएको यो विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभएको थियो । रासस÷सिन्ह्वा
––––––

मिति २०७३ मङ्सिर १ मा रा.स.स., अन्तर्राष्ट्रिय सम्पादन शाखाद्वारा सम्प्रेषित बुलेटिन नं. ६ को फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिबीच भेटवार्ता शीर्षकको समाचारमा सामान्य प्राविधिक त्रुटिबस अन्यथा हुन गएकाले सो त्रुटि सच्याई क्षमायाचना सहित उक्त शीर्षकको समाचार पुनः सम्प्रेषण गरिएको छ ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...