back
CTIZAN AD

बिरामी देश र प्रतिनिधिमुलक १२ काण्ड

वि.सं.२०७६ असार २५ बुधवार

1.2K 

shares

देश बिरामी पर्‍यो हजुर !!  झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने, जिम्मेवार पदमा बसेकाले जनतालाई तथानाम गाली गर्ने र ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने जस्ता लक्षणहरु देखा परे, लौन जनता ओखतीमुलोको खोजी गरम !! आज बिहानै एकजना बुज्रुकले मलाई घचघच्याउनु भो।मैले स्वीकृति पुर्बक मुन्टो हल्लाउदै एउटा दृष्टान्त सम्झन लागे ।

एकादेशमा सचिबले मन्त्रीलाई झुक्याएछन। ती मन्त्रीले पनि अर्को मन्त्रीलाई घुर्क्याउदै झुक्याएछन । कबिनेटको बैठकमा प्रधानमन्त्रीलाई पनि झुक्याइएछ, अनि वहाँ झोक्किनु भएछ।त्यसपछि अरु मन्त्रीहरु झोक्राउनु भएछ।लास्टाँ सबै मिलेर जनतालाई झुक्याएछन । यो कथा कहाँको हो, तपाईहरुलाई थाहा नै छ।

भारतबाट नेपालमा जनता सिध्याउन प्रबेश गर्न लागेका घिरौला, लौका, करेला बिषालु मिसायल र टमाटर, स्याउ, फर्सी पनि बिषालु बम जस्तै हुने भएका छन् । हाम्रो राष्ट्रबादी सरकारले नाका खोलीसकेको छ । दूतावासको एउटा चिठीले सरकारको राष्ट्रबादी जामा ह्वाङ्गै खुस्काईदियो। अब नागरिक अवज्ञाको विकल्प छैन । भ्रष्टाचारी, ढटुवा राष्ट्रघाती नेताहरूलाई बहिष्कार र आफुलाई आबश्यक कृषि उपज आफै उत्पादन गर्नुपर्छ। अलिकति बारीको पाटो हुनेले जग्गा खाली नराखौ ।वारि नहुनेले पनि करेसाबारी बनाऔ र घरमा गमला,बाल्टी आदीमा पनि माटो र मल राखेर तरकारी खेती गरौ। यसोगर्दा स्वस्थ्य खान पनि पाइन्छ भने किनेर खानुपर्दा पनि स्वच्छ तरकारी किन्न पाइन्छ। नेपाल कै कर्णालीको स्याउले बजार पायो भने सायद बिदेश बाट स्याउ आयात गर्नै पर्दैन। देशमा उत्पादन सहितको विशाल किषान जागरण आबश्यक छ र कृषि उपजको परनिर्भरता पुरै खारेज हुनुपर्छ, यस्को निम्ति सरकारमा बस्नेहरु प्रती व्यापक खबरदारी र दवाब बढाउनु पर्छ। सचेत, जागरुक जनताले मात्र राष्ट्रलाई सही ट्र्याकमा ल्याउन सक्छन। त्यसैले जनता : होसियार, होसियार, होसियार !!!

सरकार आजभोलि के चाहन्छ ? स्पष्ट छ। उ चाहन्छ:  उसका सबै कुरा सबै जनताले हुबहु मानिदिउन ऋणको भारीले थिचिएको किसानले उसैको गीत गाइदियोस – सरकार जिन्दावाद। नेपाली संस्कृतिप्रेमी जनताले भनिदेओस –  गुठी विधेयक लागू गर । साहित्यकार ,पत्रकार र बुद्धिजीवीहरूले त झन सरकार झुक्किएको, बिर्सिएको ढाटेको ख्यालै नगरुन। उनिहरु त रक्सीले वा गाजाले लठ्ठ भएको लाठ्ठक जस्तै सरकारको जयजयकार गरिरहुन। मान्छे पक्रेर पेस्तोल दागेर मार्दा होस वा झुक्किदा सरकारले ल्याएको रेडीमेट जवाफमा चित्त बुझाउन र कसैले चाइचुइ नगरोस । खबरदारी गर्ने सचेत नागरिक वा यो त भएन है सरकार भन्नेहरूलाई सडक वा घर बाटै घिसारेर लादा समेत बिरोध नआओस र नारा घन्किरहोस, देशमा शान्ति छ, सुख छ, समृद्धी छ, सरकार जिन्दावाद !!

रेल, पानीजहाज, स्याटलाइट र हावाबाट निस्कने बिजुलीका कुरा त भजन संहिता नै बनोस। सरकारको समर्थनको निम्ति धुवा, धुलोले आक्रान्त भएपनी मास्क लगाउने धृष्टता नहोस। नेपालमा जन्म मात्र लिएका र बाहिरबाट आएका शरणार्थी समेत सबैलाई नागरिकता दिने बिषयको छुस्स बिरोध नहोस। कतैबाट बिरोधको स्वर आयो भने तुरुन्त सरकारी अरिगांलहरु जाइलागुन र निमिट्यान्न पारुन । सीमाबाट नेपाल छिर्ने विषाक्त तरकारी बोकेका ट्रकका निर्बिवाद नेपाल प्रबेश गरोस ।नेपाली जनता रोगी र अपांग बनुन ,बाल मतलब भएन। सत्ताधारी मन्त्रीहरुले बिदेशीको हुन्डी खाएर ‘ विना तयारी लाइन लगाइएका एकपछि अर्को विधेयकप्रति सबै बुद्धिजीवीहरु मौन रहुन्। सबैले भनिदिउन्, ‘यो सबै सुखी नेपाली र समृद्ध नेपालका लागि हो।!

तर यस्तो भएको छैन, सचेत नागरिक पहलकदमीका कारण सरकार एक पछी अनेकौ पटक बेइज्जती पुर्बक पछाडी फर्केको छ। मलाई लाग्छ, सरकार भित्र रहेका दलालहरु अर्को कुनै भयंकर अबसरको खोजीमा छन । त्यो अबसर सामाजिक फासिबादको चरम प्रयोग हुनसक्छ । अन्त्यमा बिरोधीहरुलाई कत्लेआम गरेर भएपनी फासीबादीहरु आफ्नो अभिष्ट पूरा गर्ने तर्फ लाग्न सक्छन। जसरी रुमानियाका चाउचेस्कुलाई हटाउन जनबिद्रोह भएको थियो, नेपालमा पनि त्यस्तै हुनसक्छ ।

अन्त्यमा यो दुई तिहाइको सरकार बनेदेखी अहिले सम्मका प्रतिनिधीमुलक काण्डहरुका फेरहस्त पेश गर्दछु :
१) निर्माला बलात्कार काण्ड– पिडितलाई न्याय दिन असफल ।
२) वाइडबडी भ्रष्टाचार काण्ड– भ्रष्टाचारमा राष्ट्रिय सहम्ती ।
३) गुठी बिधेयक काण्ड– भुमाफियाको जबर्जस्त प्रभाव र नेपालको सास्कृतिक धरोहर सिध्याउन खोज्नेहरुको मोहजालमा सरकार।
४) कोरियन होली वाइन काण्ड– एउटा बेतुक र वाहियात कार्यक्रममा सरकारको लम्पट सहभागिता ।
५) फेक इनकाउन्टर काण्ड– देशमा गृहयुद्धको खतरा ।
६) आइफा एवार्ड काण्ड– नेपालको सार्बभौमसत्तामा असर पुग्ने गरि एउटा ब्यापारी प्राइभेट सँस्था सँग सरकारले सम्झौता गर्न तयार हुनु।
७) बिषादी तरकारी काण्ड– भारत बाट आउने बिषादी तरकारी, फलफुलमा चेकजाँच निषेध, नेपाल सरकारको हुतिहारा पन।
८) नागरिकता बिधेयक काण्ड – नेपालमा जन्मेको सबैलाई जन्मसिद्ध नागरिकता दिने प्रस्ताव ,भारतिय प्रभावमा बिधेयक।
९) लोकसेवाको सुचना सुचारु गर्ने÷नगर्ने प्रकरण – लोकसेवालाई बैज्ञानिक बनाउनुको सट्टा धारासायी बनाउने संसदीय दुस्प्रयास।
१०) एनसेल करछली काण्ड– राज्य मातहतको दुर संन्चारलाई टाट फर्काउने, निजी बिदेशी कम्पनी पोस्ने र राजस्व समेत मारेर देशघात गर्ने। चुनावी सहयोगको नाममा नेपालका राजनैतिक पार्टीहरुले अकुत चन्दा लिएको।
११) ३३ किले लगायत ३८ क्विन्टल सुन काण्ड– मुख्य अभियुक्तलाई कारबाही गर्न असफल केही भरियाहरुलाई मात्र
कारबाही ।
१२) मिडिया बिधेयक काण्ड– अभिव्यक्ति स्वतन्त्रता माथी सरकारी बन्देजको योजनाबद्ध प्रयास।
(यी बाहेक सानतिना जोकिङ खालका कुर्सी काण्ड, मास्क काण्ड आदि)
अब पनि कति काण्ड मच्चाउने हो ,घडा अझै भरिएन र रुरुजनता नजागे देश भड्खालोमा जाने सुनिश्चित छ।जनताको सचेत पहलकदमी नै हरेक समस्यहरुको औषधी हो।

वि.सं.२०७६ असार २५ बुधवार ११:०७ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...