
डा.शमशेर थापा, अष्ट्रेलिया
एकातिर, नेपालमा रहने/बस्ने, गरिब, पिछडिएका वर्ग र बिद्यार्थीहरु मात्र हैनन्, सम्पन्न परिवारका साथ् साथै सफल व्यापारी, नेपाल सरकारको माथिल्लो स्तरमा काम गर्ने, कर्मचारी, सेना, प्रहरी र राजनीति गर्ने नेताहरुसम्म मैले जतिलाइ भेटेको छु । प्रायः सबै जसोको चाहना हुन्छ, सकेसम्म विदेश जाने, बिदेशमै बसोबास गर्ने । कारण सोध्यो ? देशको राजनीतिक अवस्था, शान्ति/सुरक्षा, भनसुन, भ्रस्टचार, चाकडी/चाप्लुसी, छोराछोरीको पढाइ लेखाइ र भविष्यको चिन्ता नै पाइन्छ । त्यसो त नेपालमै मर्छु, विदेश जान्न, देशको लागि केहि गर्छु भन्ने को जमात पनि कम छैन ।
अर्कोतिर, एनआरएनको कुरा गरौ : के वास्तवमा जो नेपाल फर्किएका छन्, वा फर्किन्छु भन्छन, के सबै देशको चिन्ताले वा देशलाई केहि गर्छु भन्ने भावनले उत्प्रेरित भएर लागेका हुन् त ? जहाँसम्म मेरो ठम्याई छ, अपवाद बाहेक, प्राय हामी सबै आ–आफ्नै स्वार्थले गर्दा ठुला कुरा गर्दै हिड्छौँ वा एनआरएनको नेता बन्न खोज्दछौ । प्रायः जो बिदेशमा राम्रोसंग जमेका छन्, बस्ने अनुमति पाएका छन्, उनीहरु जसलाई आफ्नो परिचय लोप नहोस भन्नका खातिर पनि एनआरएनको शंख फुक्दै हिड्छन । अर्कोथरी, बिदेशमा बस्ने अनुमति नपाउने वा नभएका, प्रवेशाज्ञा खारेज भएका, विदेशबाट भाग्नै पर्ने अवस्थामा पुगेका तर अकुत धन सम्पत्ति एन केन प्रकारेण जम्मा गरेका छन्, जसले एनआरएनलाइ माध्यम बनाएर नेपालमा सानो ठूलो उद्योगधन्दा गरेर देश बिकासको नाममा ‘खादा’ लगाउँछन । त्यति मात्र हैन ‘मैले फलानो देश छाडेर आएँ, सिप सिकेर आएँ, देशमा केहि गर्छु भनेर फर्के भन्दै अन्तवार्ता दिन थाक्दैनन् ।
केहि महिना अगाडि, पत्रपत्रिका साथै सामाजिक संजालमा, एक जना भूतपूर्व एनआरएनको अन्तर्वार्ता पढे । उहाँले फलानो देशको ‘पी आर’ छोडेर फर्केँ, देशमा केहि गर्नको लागि फर्के’ आदि इत्यादी भनेर बडो गर्बका साथ आफुलाई प्रस्तुत गर्नुभयो, तर उहाँ फर्केको कारण मलाइ थाहा थियो, र मनमनै भने, ‘जय एनआरएन’ !
मानवीय स्वार्थले गर्दा एनआरएनलाइ माध्ययम बनाएर आफ्नो अभिस्ट पूर्ति गर्न खोज्दै छौँ जति ठूलो कुरा गरे पनि, बुद्ध बन्न हामीलाई गार्हो छ र हामीलाई नेपाल फर्कन साँच्ची कै गार्हो छ । देशको माया भए पनि आफ्नो स्वार्थ, आबस्यकता (basic needs ) र बाध्यता ले खुट्टा जकडेको छ । लाग्छ, नेपाल फर्कने भन्दा भन्दै परमधाम पुग्न बेर छैन ।
प्राय, हामी सबै स्वार्थी छौ, बाहिर जे भने पनि, जे गरे पनि, मुख्य र भित्रि चाहना हो, प्रशस्त धन सम्पति थुपार्ने, सुख सयल मोज मस्ती गर्ने, आफ्नो र परिवारको लागि सोच्ने, ठुलो मान्छे बन्ने, नाम कमाउने, संसार भर चिनिने आदि इत्यादी । यहि मानवीय स्वार्थले गर्दा एनआरएनलाइ माध्ययम बनाएर आफ्नो अभिस्ट पूर्ति गर्न खोज्दै छौँ जति ठूलो कुरा गरे पनि, बुद्ध बन्न हामीलाई गार्हो छ र हामीलाई नेपाल फर्कन साँच्ची कै गार्हो छ । देशको माया भए पनि आफ्नो स्वार्थ, आबस्यकता (basic needs ) र बाध्यताले खुट्टा जकडेको छ । लाग्छ, नेपाल फर्कने भन्दा भन्दै परमधाम पुग्न बेर छैन ।
कृपया, नरिसाउनु होस्, मैले प्राय भन्ने शब्द प्रयोग गरेको छु, तपाइँहरु मध्ये सबैलाइ ‘स्वार्थी’ भन्न खोजेको हैन, यहाँहरु कोहि कोहि अपवादमा पनि पर्नु हुन्छ । दानी, गुणी, देशभक्त र समाज सेवीहरुलाइ मेरो नमन छ, जसले एनआरएनको लागि वास्तवमा धेरै गर्नुभएको छ । एनआरएनको माध्यमबाट नेपालमा विभिन्न समयमा, क्षेत्रमा, आपद विपदमा ठुलो योगदान गर्नुभएको छ ।
जति फुर्ति लगाऔ, पैसा कमाऔ, ठूलो मान्छे बनौ, मान सम्मान पाऔ, सारा मानवजातिद्वारा पूजिऔँ, तर सत्य, सत्य नै हुन्छ । सारा संसारले जे बुझोस्, हामीले आफ्नो ‘आत्मा’लाइ झुक्क्याउन सक्दैनौ । आफ्नो मन, मुटु र यथार्थलाइ नजरअन्दाज गर्न सक्दैनौँ । राम्रोसंग सुत्न सक्दनौ । यदि हामी आडम्बरमा बाँचेका छौ । दोहोरो जीवनयापन गरेका छौ । आफ्नो हितको लागि अरुको अहित गरेका छौ । जस्तो कि, भोट किनेर चुनाब जितेको व्यक्तिले जितको खुसियाली मनाउदै समाजको अगाडी ‘अबीर’ दलिरहेको हुन्छ, तर उसको मन र आत्माले भित्र भित्रै ‘कालोमोसो’ दलीरहेको महसूस गर्छ ।
हैन भने, सबै भन्दा राम्रो शुत्र हो । पहिला ‘आफुू सुध्रने, कसैलाई नबिगार्ने । कसैले आफुलाई बिगार्न खोजेको छ भने पनि आफुले उसलाई नबिगार्ने, बरु सहयोग गर्ने सकिन्छ । अरुलाई सहयोग गरौँ । नसके नबिगारौ । कुभलो, कुदृष्टि, कुविचार र कुसंस्कारले कुकृत्य गराउछ, जसले हामीलाई अन्तिम श्वाश सम्म पिछा छाड्दैन ।
(डा थापा आप्रवास कानुनमा बिद्याबारिधी गर्ने पहिलो नेपाली सोलिसिटर हुन् । )