किन खाने तरकारी पारीको ?
खाऊँ आफ्नै खेत र बारीको !
आफ्नै खेत बारी जोतौं खनौं
तरकारी र फलफूलमा
खाद्यान्नमा दाल तेलमा
आत्म निर्भर बनौं अव
आत्म निर्भर बनौं !
आफ्नै देशका खेतबारी बाँझै बसेका छन्
युवाहरू काम खोज्न विदेश पसेका छन्
बनाऊँ अव नेपाली हो आफ्नै देश हराभरा
पर्खिरा’ छन् हामीलाई
आफ्नै टारी-गह्रा
किन खाने तरकारी
पारीको…….
खाद्यान्नमा देश हाम्रो
आत्मनिर्भर थियो
कुन सोचले कुन रोगले
यस्तो दुख दियो
खोजौं रोग उपचार गरी बनौं
संचो अव
रोजौं आत्म निर्भरता हुने
खाले बाटो अव
किन खाने पारीको तरकारी …..
किनी खाने मागी खाने सोच
निकालेर फालौं
वर्ष दिनमै अर्कै हुन्छ
आजैबाट काम थालौं
धेरै हेर्नु ठीक हुदैन
सरकारको मात्र बाटो
आफ्नो लागि बाठो छ त्यो
हाम्रा लागि लाटो !
किन खाने पारीको तरकारी !
२०७६|०३|२७ भक्तपुर
वि.सं.२०७६ साउन १२ आइतवार २१:२३ मा प्रकाशित






























