१६ साउन , काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाटलुकाई छिपाई ल्याएको सुन १ केजी सहित पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड गाउँपालिका ५ घर भएका ३२ वर्षीय पेम्वा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.९ प २७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङले पाईन्टको पेटी लगाउने स्थानमा ४ वटा टुक्रामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । छ ।
वि.सं.२०७६ साउन १६ बिहीवार १३:३६ मा प्रकाशित





























