Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पेस्तोल र गोली सहित पक्राउ



१६ साउन, रौतहट । चन्द्रपुर नगरपालिका४ का रेहान तामाङ भन्ने रामबहादुर घिसिङ पक्राउ परेका छन् ।

चाइनिज पेस्तोल १ थान, सोहीकोगोली ५ राउण्ड,कटुवापेस्तोल १ थान, सोहीको जंगी राउण्ड ३थान र निजले चलाएको ना।३६ प २८१३ नम्बरको मोटरसाइकल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका –३ स्थित ३ नम्बर वडा कार्यालय भवनमा बुधबार बिहान आगलागी भएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न घिसिङलाई पक्राउ गरी घर खानतलासी गर्दा उक्त हतियार फेला पारेको थियो ।

त्यस घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका-४ टेकानटोल बस्ने ३५ वर्षीय मानबहादुर वाईबालाई समेत प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

साथै सोही घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका–३ गैंडाटार बस्ने ५५ वर्षीय रेवत प्रसाद मैनालीलाई जंगी राउण्ड १ थान, तामाको पाईपको टुक्रा २ थान र मोबाइल २ थान सहित सो कार्यालयबाट खटिएको प्रहरी पक्राउ गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम