back
CTIZAN AD

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति

वि.सं.२०७६ साउन १६ बिहीवार

798 

shares

१६ साउन । आतंककारी अलकायदाको नेता ओसामा बिन लादेनका छोरा हमजा अल कायदा (Hamza bin Laden) को मृत्यु भएको समाचार छ । अमेरिकी मिडियाहरुले वर्तमान अमेरिकी अधिकारीहरुको उद्धृत गर्दै हमजाको मृत्यु भएको दावी गरेका छन् । मिडिया रिपोर्ट अनुसार, तीन अधिकारीहरुले हमजाको मृत्यु पुष्टि गरे पनि कुन स्थान र कहाँ मृत्यु भयो भन्ने बारे भने जानकारी दिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलाको मृत्यु बारे केही बोलेका छैनन् । सञ्चारकर्मीले यसबारे जिज्ञासा राख्दा उनले ‘यस मामिलामा टिप्पणी गर्न नचाहेको’ बताएका थिए । न्यूयोर्क टाइम्सले पनि अमेरिकी अधिकारीकै हवाला दिएर हमाजको मृत्यु भएको दाबा गरेको छ । टाइम्सका अनुसार अमेरिकामा भएको एक अप्रेसनमा हमजा मारिएका हुन् ।

यसैवर्ष मार्चमा अमेरिकाले हमाज बारे जानकारी दिनेलाई १० लाख डलर इनाम दिने घोषणा गरेका थिए । अमेरिकाको दाबी थियो ‘हमजा आफ्नो पिताको हत्याको बदला लिनका लागि सहयोगीका साथ अमेरिकामा हमला गर्ने योजना बनाइरहेका थिए ।’ यसै महिना साउदी सरकारले हमजाको नागरिकता रद्ध गरेको थियो ।

हमजाले सन् २००१ सेप्टेम्बर ९ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टर हमलामा सामेल भएका शामिल अताकी मुहम्मद अताकीको छोरीसँग विवाह गरेका थिए । अता विमानको हाइज्याक गर्ने आतंककारीका मुख्य व्यक्ति थिए । ओसामाको सौतने भाइ अहमद तथा हसनले ब्रिटिश समाचारपत्र दि गार्जियनसँगको कुराकानीमा यो कुरा बताएका थिए ।

ओसामा पाकिस्तानको एबटावादमा सन् २०११ मे २ मा अमेरिकी नेवी सील कमाण्डोद्वारा मारिएका थिए । अमेरिकाले हमजालाई स्पेसियल डेजिगनेटेड इन्टरनेशनल टेररिस्ट को सूचिमा राखेको थियो । ओसामालाई पनि अमेरिकाले यहि सूचिमा राखेको थियो ।

सन् २०१७ मा एफबीआईका एजेन्ट रहे अली सौफानले बताए अनुसार हमजाले ४ वटा अडियो म्यासेज रेकर्ड गराएका थिए । यसमा उनले भनेका थिए अमेरिकाकी जनता हामी आउँदै छौँ, तिमीहरुलाई आएको अनुभव हुनेवाला छ । दोस्रो सन्देशमा उनले भनेका छन् ‘तिमीले मेरो पिता …इराक….. अफगानिस्तानका साथ जे गर्यौ, हामी त्यसको बदला लिन जाँदैछौँ ।’ (एजेन्सी)

वि.सं.२०७६ साउन १६ बिहीवार १३:५८ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...