back
CTIZAN AD

कविता : फैलिनुपर्छ यो मन

वि.सं.२०७६ भदौ ७ शनिवार

861 

shares

गुफा अनेकौँ र रहस्य छन् यहाँ,
छन् ताल ठूला झरना नदी यहाँ
जडीबुटी छन् अनमोल जो यहाँ
पाइन्छ यस्तो सबथोक खै कहाँ?

बहन्छ कोशी सुनको सधै यहाँ
छ दूधकोशी बहँदै कतै यहाँ
ताता चिसा मूल जताततै यहाँ
अचम्मकै प्राकृत सम्पदा यहाँ
भएन यो नै कहिल्यै भएन खै
परन्तु हामी अलमल्लमै सधै
गरीब हाम्रो मन मात्र भैरह्यो
दरिद्रता मानसमा सधै रह्यो
लागेन मष्तिष्क सुसोचमा कतै
लागे कहाँ हात सुकार्यमा कतै
लाग्यौँ सधै नक्कलमै दगुर्नमा
र्पयौँ सधै दुर्ग्तिका समुद्रमा
,
दु ःखी भयौँ बोक्छ नदी जहाँ सुन
छर्दै गयौँ शान्ति अशान्ति पाउन !
सुवास पर्थ्यो जसले फिँजाउन
देखिन्छ त्यो ब्यस्त कमी लुकाउन
घटे अनौठा घटना लुके सुन
अतृप्तिमै थाल्छ अशान्ति फैलिन
दायित्व बुझ्दैन कतै कुनै किन
बन्दै गयो झन् अति साँघुरो मन?

जहाँ सधै साँघुरिँदै गयो मन
त्यहाँ कसै हुन्न समृद्ध जीवन
न मित्रता बढ्छ न मान वा धन
त्यसो हुँदा फैलिनुपर्छ यो मन

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:२२ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...