back
CTIZAN AD

कविता : बुकी फूल

वि.सं.२०७६ भदौ ७ शनिवार

2.3K 

shares

निकै डरलाग्दो पहाडमा
सालिमको गाँज समाएर
टिपेको बुकीफुल
सिउरिएर
मुस्कुराउनु हुन्छ हजुरआमा
थाहा छ मलाई
हजुरआमा भिरमा काप्नु भएको
तिघ्रा डराएको
चाउरिएका गाला
राता राता संकेतहरु

पनि हजुरआमा टपक्क टिपेर
बाध्नु हुन्छ चोलीको तुनामा
गर्नुहुन्छ धेरै माया बुकी फूललाई
फूलहरु चट्टान फोडेर जन्मिए
चट्टानका भित्ताहरुमा पौँठेजोरी खेल्दै हुर्किए
बिताए जीवन झुण्डिएर चट्टानका कापहरुमा
यिनीहरू संघर्ष बाहेक केहि जान्दैनन्
बुझ्दैनन् यश र आनन्दानुभूति
यधपी
सजाउनु हुन्छ हजुर आमा
बुकी फूललाई
आफ्नै झुपडीको दलिन र छानाहरुमा
के थाहा बुकीफूलहरुलाई
अहिले हजुर आमाले भेकी मायाको अलावा
खै के लाग्दै छ ,
थाहा छैन कुनै दिन
सजाइनु पर्छ कसैको….जीवनको संघारमा
बनेर बिलासिताको सामाग्री
बनेर खेलौना
हिजोआज
हजुर आमाको काख छुटेसँगै
कसैको सामाचारको मसला
कसैको आनन्दको साधन

कसैको बिचरा ……!!!
बुकी फूल …!!
उठ्नुपर्छ तिम्रो स्वाभिमानको स्वर
ब्युझनुपर्छ स्वाबलम्बनको चेत
चाल्नुपर्छ प्रगतिको पाइला
त्यागेर बिचाररुपी शब्दहरु
छुट्नु पर्छ दासत्वबाट
लिएर उन्मुक्ती
अर्काको परिधिभित्रबाट
उठ्नुपर्छ लिएर स्वतन्त्र
अनि
स्वाभिमानको गीत
हो बुकी फूल
ब्युझनुपर्छ बुकी फूल ।।।।।

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:२५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...