back
CTIZAN AD

एनआरएनए जर्मनीको अध्यक्षमा चार जनाको उम्मेदवारी

वि.सं.२०७६ भदौ १९ बिहीवार

744 

shares

१९ भदौ, जर्मनी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीको अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् ।

सेप्टेम्बर १४ मा हुन गइरहेको उक्त निर्वाचनमा अत्यन्तै प्रतिश्पर्धा हुने देखिएको छ । निर्वाचन आयुक्त नवराज रोस्याराका अनुसार अहिलेसम्म अध्यक्षमा चारजनाले उम्मेदवारी दर्ता गरिसकेका छन् । जसमा अध्यक्ष विजय मोक्तानले पुन ः अध्यक्षमै उम्मेदवारी दिएका छन् भने, हरि न्यौपाने, रन बहादुर साउद र लव कुमार थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।


त्यसैगरी आइसीसी सदस्यमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कुम्वराज रेग्मी, टंक लम्साल र प्रेमचन्द्र पोमु रहेका छन् ।

त्यस्तै उपाध्यक्षमा मीलन राज पन्त, निनम्मा राई, प्रकाश शर्मा, शंकर डाँगी रहेका छन् भने, महिला उपाध्यक्षमा भिमा नानी श्रेष्ठ, राधाकिरण सिग्देल, शिवकला गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी महासचिवमा लोकमणि ढकाल र यज्ञ अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिवमा राजेश कुमार सुनार निर्विरोध हुने देखिन्छ ।

कोषाध्यक्षमा दिपक लामा र मेनुका त्रिपाठी, महिला संयोजकमा करुणा तुलाधर, सुनिता कर्ण थापा तथा युवासंयोजकमा रविन लामिछाने र अर्जुन ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यसैगरी सदस्यमा एलसीसी बार्यनबाट बासु अर्याल, गोविन्द भण्डारी, हाम्वर्गबाट मिना कार्की, लक्ष्मी श्रेष्ठ, सुजन बर्तौला हेसनबाट युवराज अधिकारी र एनआरड्ब्लुबाट सुर्य प्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १९:१५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...