back
CTIZAN AD

कोलम्बियाको शान्ति सम्झौता जटील मोडमा

वि.सं.२०७३ मंसिर १० शुक्रवार

834 

shares

१० मङ्सिर,बोगोटा । कोलम्बिया सरकारले विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग गर्न लागेको सम्झौताका बारेमा जटील मोडमा पुगेकोे छ ।

प्रमुख प्रतिपक्षी दलले भने सम्झौता गर्ने बेला भइनसकाले हतार नगर्न आग्रह गर्दै आएको छ । सरकार र फार्क विद्रोही भने सम्झौतालाई तार्किक निष्कर्षमा लान लागिपरेका छन् । गर्नैपर्ने ।
नोवेल शान्ति पुरस्कार विजेता तथा कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सन्तोषले पुर्व राष्ट्रपति अल्भारो उरीभले नेतृत्व गरेको प्रमुख विपक्षी दललाई समेत सहमतिमा ल्याउने प्रयास गरिरहनु भएको छ ।
झण्डै ५२ बर्ष देखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसंग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीचमा नयाँ सम्झौता हुन लागेको हो ।
नयाँ सम्झौतामा फार्क विद्रोहीले गरेका विगतका अपराधहरुमा नरम हुने उल्लेख गरिएको छ । तर प्रतिपक्षी दलले भने विगतका अपराधीलाई कुनै माफी दिन नमिल्ने भन्दै कडा कारबाही गर्नु पर्ने व्यवस्था गर्न माग राखेपछि सम्झौताले जटील मोड लिएको हो ।
यो सम्झौताले फार्क विद्रोही समुहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्धेश्य लिइएको छ ।
सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसदका सदस्यहरुलाई दवाव दिनु भएको छ । संसदमा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
कोलम्बियामा झन्डै आधा शताब्दी चलेको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:२२ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...