back
CTIZAN AD

कविता : फाँसी

वि.सं.२०७६ भदौ २१ शनिवार

744 

shares

अचानक एकादुई मानिसहरू
सडकमा निस्किए
र, नारा लगाए–
फाँसी दे ! फाँसी दे !!

अघिसम्म सुनसान उभिएको थियो बस्ती
मौन थिए बस्तीभरि छरिएका सडकहरू
मौन उभिएको थियो घरनजिकैको चौतारो
मौन थिए घरका आँगन, दलाल र फलैँचा
सायद मानौँ मौनधारणमै थिए–धर्ती र आकाश ।

हुन त
क्षितिजतिर कतै बिहानी पखेटा फटफटाउँदै थियो समय
भरखरै लोलाउँदै थियो होला रातभरि जाग्राम बसेको जून
र, जूनसितै विश्रामकक्षमा सुस्केरा हाल्दै थिए होलान् तारा
झुल्किन खोज्दै थियो पूर्वमा गुराँसको लालीमाजस्तै घाम
सपना च्यापेर शिरानीभित्र रहरका आँखा खुल्दै थिए क्रमशः

अचानक पर आग्नेयतिर पुतपुताउन थाल्यो धुवाँ
ईशानतिर चिरबिराउन थाले हुटिट्याउँका हुल
नैर्ऋत्यतिर भेला हुन थाले अँगारजस्ता बादल
र, वायव्यतिर बहन थाल्यो वायुको झोक्का ।

अचानक एक हुल मानिसहरू
चोकमा भेला भए
र, नारा लगाए
फाँसी दे ! फाँसी दे !!

हेर्दा हेर्दै
धुवाँहरू डँडेलो बनेर सल्किए
हुटिट्याउँहरू हुच्चील भएर बास्न थाले
बादलका टुक्राहरू एकाएक नरसिंह बने
अनि, सुनामी बनेर आयो आँधीको वेग ।

अचानक हुलका हुल मानिसहरू
जताततै जम्मा भए
र, नारा लगाए
फाँसी दे ! फाँसी दे !!

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:०५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...