back
CTIZAN AD

गजल

वि.सं.२०७६ भदौ २१ शनिवार

870 

shares

मेरो झुपडीमा पत्थरले अब प्रहार नगर्नुहोस्
निर्बलको’ नि दिन आउँछ, अत्याचार नगर्नुहोस्

कहाँ पाउनु हुन्छ फेरि म जस्तो सोझो साथी
निर्मम वचनले भो यसरी तिरस्कार नगर्नुहोस्

आफ्नो बनाउने बहाना गरी मुटुमै रोप्नु’भो छुरा
सहेको छु यतिसम्म त अब चिर–फार नगर्नुहोस्

शान्ति र प्रेम छ साहेब, यो मुटु बुद्धको देश हो
हिंसा, द्वेष र कुसंस्कारको कारोबार नगर्नुहोस्

खोला बेच्नु’भो, माटो बेच्नु’भो, शीतल हावा बेच्नु’भो
दर्शन गर्नुस् पशुपतिको तर ब्यापार नगर्नुहोस्

रेलिङ्ग, बिजनबारी, दार्जि्लिङ, हाल -पथरी , मोरङ्ग, नेपाल ।

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:०८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...