back
CTIZAN AD

एनआरएनए एशिया प्यासेफिक सहसंयोजकमा कन्चन थापाको उम्मेदवारी

वि.सं.२०७६ भदौ २६ बिहीवार

798 

shares

२६ भदौ,चीन । गैरआवासीय नेपाली संघको आगामी नवौं सम्मेलनका लागि चीनबाट अमृता थापा ‘कन्चन’ ले एसिया प्यासेफिक महिला सहसंयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् ।

लामो समयदेखि चीनमा व्यवसाय गर्दै आएकी तथा एनआरएनए चीनका पूर्वअध्यक्ष स्वर्गीय सुन्दर थापाकी पत्नी समेत रहेकी थापा एनआरएनए चाइनाको कार्यबाहक अध्यक्ष हुँदै हाल एनआरएनए आइसिसिको सदस्य समेत हुन् ।

एनआरएनएको मूल मन्त्र ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाई आफूले आत्मासाथ गर्दै आएको बताउने थापाले एनआरएनएमा आवद्ध रहेर ठूला कुरा गर्ने भन्दा पनि काम गरेर देखाउनुपर्ने अहिलेको आवस्यकता रहेको बताउँछिन् ।

एनआरएनए चीनमा सक्रिय भूमिका निभाउँदै आएकी थापाले एसिया प्यासेफिकमा रहेका गैरआवासीय नेपाली महिलाहरुको हक हितमा आवाज उठाउँदै समग्र महिलाहरुलाई देशको आर्थिक उन्नतीमा योगदान गर्नका लागि एकत्रित बनाउने पनि संसारन्युजसँग बताइन् ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १७:०४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...