जीवनमा व्यय भार बढिरहेछ, अचम्म लाग्छ ।
दिनानुदिन समस्या ठडिरहेछ, अचम्म लाग्छ ।
केको अभाव होयो, कस्तो अभाव होयो जीवनमा
बाटो लामो भन्थे, दु : ख लम्बिरहेछ, अचम्म लाग्छ ।
नगरे भो आश कसैबाट, नाता टुटाउन थाले
छर–छिमेक आफन्त पन्छिरहेछ, अचम्म लाग्छ ।
मालामाल छ कोहि, हाहाकार र अभावमा कोहि
दुःखीलाई झन् सबैले डसिरहेछ, अचम्म लाग्छ ।
जीवन र जगतको सम्बन्धलाई बुझ्न गाह्रो भो
मान्छे बाँच्नुको खातिर मरिरहेछ, अचम्म लाग्छ ।
वि.सं.२०७६ भदौ २८ शनिवार ०८:३८ मा प्रकाशित






























